२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुनैपनि राजमार्गले नछोएको रोल्पालाई मदन भण्डारी लोकमार्गले छुने

१ चैत्र २०७५, शुक्रबार ०४:१२

चैत १, रोल्पा (रासस) | कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो । 

सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग घोषणा गर्दा प्यूठान, दाङ, सुर्खेत हुँदै जाने बताएको थियो । लोकमार्गको संशोधित डिजाइनअुनसार अब गुल्मी, प्यूठान, रोल्पाको खुङ्ग्री घोडागाउँ माडीचौर हुँदै सल्यानको दामाचौर जोडिने भएको छ । मध्यपहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गले नछुने रोल्पालाई पछिल्लोपटक डिजाइन गरिएको मदन भण्डारी लोकमार्गले समेत नछुने भएपछि जनस्तरबाट आलोचना भएको थियो । 

रोल्पा घर भएका उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सडकले रोल्पालाई नछुने गरी डिजाइन गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराउनुभएको थियो । बुधबार उपराष्ट्रपति पुनलाई भेट्न बहादुर भवन पुग्नुभएका मन्त्री महासेठले उक्त लोकमार्गको पछिल्लो डिजाइनबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । यसै अनुसार संशोधन र डिपीआर निर्माण हुने मन्त्रीले जानकारी गराउनुभयो, प्रेस संयोज घर्तीले भन्नुभयो । 

उक्त लोकमार्गको गुल्मी पश्चिमका जिल्लाको डिपीआर बनेको छैन । सो लोकमार्गलाई राप्तीको मध्यभागबाट जोड्नका लागि उपराष्ट्रपति पुन, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सल्यानका सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेश मन्त्री प्रकाश ज्वालाले समेत पहल गर्दै आउनुभएको थियो । 

झापाको शान्तिनगरबाट शुरु हुने लोकमार्ग सुनसरी धरान, चतरा, उदयपुरको गाईघाट कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी, तम्घास, सिमलटारी, प्यूठानको वाग्दुला, देवीस्थान, दाङको घोराही तुल्सीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर डोटीका सीमचौर, विपीनगर, कैलालीको सहजपुर, डडेल्धुराको बुडर जोगबुढा हुँदै रुपालसम्म जोड्ने भनिएको थियो । पछिल्लो संशोधन अनुसार अब प्यूठानबाट दाङतर्फ नआई रोल्पा सल्यान हुँदै सुर्खेत जोडिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य