२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रासस समाचार चोरीमा संलग्न अनलाइन तथा मिडियाहरुको विवरण दिन आग्रह

२०७५, १ चैत्र शुक्रबार ११:५३

चैत १, काठमाडौँ | राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी 'श्यामल'ले राससका समाचार चोरी गर्नमा धेरै अनलाइन मिडियाहरु सक्रिय रहेको बताएका छन् । अध्यक्ष अधिकारीले राससको समाचार अनाधिकृत तवरबाट चोरी भईरहेकोमा संस्थान गम्भीर रहेको बताउँदै कारवाहीको दायरामा ल्याउने प्रयत्न भईरहेको बताए । 

अध्यक्ष अधिकारीले राससको समाचार पाउन अधिकारप्राप्त मिडियाहरुले मात्रै यसको सदुपयोग गरुन् भन्ने हेतुले नयाँ सफ्टवयरको प्रयोग गर्न लागेको जानकारी दिए । साथै उनले राससको उत्पादन चोरी गर्नेहरुले निर्धारित शुल्क तिरेर मात्र राससको सामग्री उपयोग गर्न आग्रह गरेका छन् ।  उनले भने 'पछिल्लो समय राससका समाचार चोरी गर्नेहरुमा अनलाइन मिडिया बढी सक्रिय छन् । अब यसको नियन्त्रण हुन्छ । केहि प्रयास भएका छन् नतिजा छिट्टै आउँछ । अनाधिकृत मिडियाले राससको सामग्री प्रयोग गर्दा शुल्क तिरेर यसको उपभोग गर्नेहरुलाई अन्याय भएको छ ।' 

अध्यक्ष अधिकारीले राससको समाचार चोरीको बिषयमा संचार माध्यमहरु, पत्रकारहरु र पत्रकार महासंघ समेतको आवश्यक सहयोग आफूहरुले चाहेको बताए । 

वि.स. २०१८ मा स्थापित राष्ट्रिय समितिमा हाल देशभरी झन्डै ३०० जना पत्रकारहरुको आवद्धता छ । राससले समाचार, फोटो तथा अडियोहरु संचार माध्यमहरुलाई निश्चित शुल्क लिएर प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो