2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलएलबी दोश्रो वर्षको परीक्षाको रिजल्ट चैत्र दोश्रो साता आउने

चैत्र ३,काठमाडौं । एलएलबी दोश्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशनमा अझै २ साता लाग्ने भएको छ। दोश्रो वर्षको मुटकोर्ट विषयको मुल्यांकन गर्न बाँकि रहेकोले रिजल्ट प्रकाशन चैत्र १०/१२ पछि मात्र हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले साझा सबाललाई जानकारी दिए ।

रिजल्ट प्रकाशन छिटो हुनुपर्यो भन्दै बिद्यार्थीबाट माग आएको छ, जोशीले भने “यस विषयमा सम्बन्धित सबैसंग छलफल भएको छ, २ गाडी मुटकोर्ट मुल्यांकन गर्न बाँकि छ, त्यो परीक्षण सकिने वित्तिकै रिजल्ट प्रकाशन गर्छौं ।” तत्काल रिजल्ट प्रकाशन नहुने भएपछि एलएलबी प्रथम र तेश्रो वर्ष पास भएर दोश्रो वर्षको रिजल्ट पर्खिएका सयौं विधार्थीहरु नेपाल कानून व्यवसायी परिषदले लिने २६ औं अधिवक्ता तहको परीक्षामा सहभागी हुन नपाउने भएका छन् । २६ औं अधिवक्ता तहको परीक्षाको लागि दोब्बर दस्तुरमा फर्म भर्ने अन्तिम मिति चैत्र पहिलो साता रहेको छ। चैत्रको पहिले सातासम्म रिजल्ट आउने सम्भावना नभएपछि पास हुने बिद्यार्थीहरुले अधिवक्ता परीक्षाका लागि १ वर्ष कुर्नुपर्नेछ।  

छिटो रिजल्ट प्रकाशन गर्नका लागि विभिन्न विधार्थी संगठनले परीक्षा नियन्त्रण कार्यालय, कानुन संकायका डिन, नेपाल ल क्याम्पस प्रमुख लगायतको ध्यानाकर्षण गराइसकेका  छन् साथै यस विषयमा हेलो सरकारमा समेत गुनासो दर्ता भैसकेको छ ।  तर नेपाल कानून व्यवसायी परिषदका सचिव रामहरी शर्मा काफ्लेले हालसम्म विधार्थीहरुबाट परीक्षाबारे कुनै गुनासो नआएको बताए । अहिलेसम्म कहिँ कतैबाट गुनासो आएको छैन, आएमा पनि परीक्षा समितिले निर्णय गर्नुपर्छ, उनले भने “गुनासो आएमा परीक्षा समितिमा पेश गर्छु, परीक्षाको म्यादबारे समितिले नै निर्णय गर्छ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई