२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन महिनादेखि बन्द नाग्म गमगढी सडक खुल्यो, तर जोखिमपूर्ण उस्तै

२०७५, ३ चैत्र आईतवार ११:५५

स्वस्तिका शाही | चैत ३, मुगु | भारी हिमपातका कारण तीन महिनादेखि  अबरुद्ध  नाग्म – गमगढी सडक सञ्चालनमा आएको छ । मुगु र जुम्लाको सिमानमा पर्ने घुच्चीलेखकको सात मोड, भुलभुलेमा ५ फिल सम्म हिउँ जमेर बन्द भएको सडक शनिबारबाट बाट सञ्चालनमा आएको हो । 

सडक पुसको अन्तिम साता देखि हिमपातले बन्द भएको थियो ।  सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यलय जुम्ला छायाँनाथ रारा नरपालिका , जिल्ला प्रशासन कार्यलय, मुगु उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, शसस्त्र प्रहरीको पहलमा जुम्लाको भुलभुलेदेखि मुगुको झाडनाउलासम्म डोजर लगाएर हिउँ हटाएपछि शनिबारबाट अबरुद्ध सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि यातायातका साधान साना गाडी र ट्याक्टर सन्चालनमा आएका छन् । तीन महिनादेखि सडक अबरुद्ध हुदाँ निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको र दैनिक उपभोग्य सामानाको अभाभ भएको थियो । ठूला सवारी साधन नियमित सञ्चालनमा ल्याउन अझै केहि दिन लाग्ने छायाँनाथ रारा नगरपालीका अध्यक्ष हरिजंग शाहीले बताए । सडक बन्द हुदाँ नागरीकले पैदल यात्रा गरी जुम्ला सम्म यात्रा गर्न बाध्य भएका थिए । 


जोखिमपूर्ण नाग्म गमगढी सडक


गमगढी–नाग्म सडक खण्ड सबैभन्दा जोखिमपूर्ण रहेको छ । झ्यारीखोला, ताल्चामैतु, एसमोड, सातमोड, पिनालगायत खण्डमा  हिउँद हिउँले  बर्षा पानी पर्ने्बित्तिकै हिलो हुन्छ । पहिरोको खतरा पनि उत्तिकै हुने गर्छ । बढी लोड बोकेका सवारी हिलोमा फस्दा निकाल्नै गाह्रो हुने चालक जुम्लाका बिर्ष थापाले बताए ।

ट्रयाक खुलेको ६ वर्ष बित्दासम्म पनि नाग्म गमगढी सडक कालोपत्रे नहुँदा यो सडक बर्षमा ४ महिना मात्र यातायातका साधन चल्ने र बाँकी महिना सडक बन्द हुने गरेको छ । सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा नागरीकले सास्ती खेप्नु परेको छ । जोखिमपूर्ण सडकका कारण पर्यटकीय गन्तव्य रारा आउने यात्रुले पनि निकै हैरान ब्याहोरी फर्किने गर्दछन । जोखिम पुर्ण सडकले गर्दा एक पटक रारा आएका पर्यटक पुन: आउन डराउछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो