२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे १५ करोड रुपैयाँमा बिक्री भयो एउटा परेवा !

६ चैत्र २०७५, बुधबार ०७:१३

काठमाडौं । हाम्रो गाउँघरमा एक जोडी परेवालाई कति रुपैयाँ पर्ला ? सामान्यतया ५ सयदेखि १ हजार रुपैयाँ । तर, बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ । पक्कै पनि अचम्म पर्नु भयो होला ।

बीबीसीको समाचार अनुसार अर्मान्डो नामक एउटा परेवा १.२५ मिलियन यूरो (नेरु १५ करोड, ५६ लाख ३० हजार ५६२) मा लिलामी भएको छ ।

तर यो परेवा साधारण परेवा भने होइन । यसले उडान प्रतियोगितामा सबैभन्दा उत्कृष्ट परेवाको उपमा पाएको छ । त्यसैले यसलाई ‘परेवाहरुको लुइस हेमिल्टन’ पनि भनिन्छ ।

यसअघि एउटा परेवा १५ करोड ५३ लाख ६० हजार रुपैयाँ लिलामी भएको रेकर्ड थियो । तर, त्यो रेकर्ड अर्मान्डो परेवाले तोडिदियो ।

लिलामी हाउस पीपाका सीईओ निकोलास गाएसेलब्रेख्त भन्छन्-अर्मान्डो परेवा यति धेरै पैसामा बिक्ला भन्ने लागेकै थिएन । उनले भने, ‘हामीहरुले यसको मूल्य यति धेरै होला भन्ने सपनामा पनि सोचेका थिएनौं । हामीलाई आशा थियो कि यो चारदेखि पाँच लाख यूरोमा बिक्ला । एकदमै धेरै भए ६ लाख यूरोसम्म सोचेका थियौं ।’

गाएसेलब्रेख्तका अनुसार चीनका दुई व्यापारीले लिलाम बढाबढमा आफ्नो बोली लगाए । एक घण्टामै ५.३२ लाख यूरोदेखि १.२५ मिलियन यूरोसम्म पुग्यो ।

सबै कुरालाई ध्यानमा राखेर उडान प्रतियोगितामा सहभागी हुने परेवाहरुको मूल्य २५ सय युरो हुन्छ । तर अर्मान्डो अरु परेवाहरु जस्तो सामान्य होइन ।

आफ्नो करियरको अन्तिम तीन दौड यसले जितेको छ । २०१८ को ऐस पिजन च्याम्पिनशिप, २०१९ को पिजन ओलम्पियाड र अंगुलेममा अर्मान्डो पहिलो भएको छ ।

उसले थुप्रै प्रशंसकहरु पाएको छ । बेल्जियमको परवेज शहरको स्थानीय पिजन फेसिङ एसोसिएशनका अध्यक्ष फ्रेड वेंकेलीले भनेका छन्, ‘यो परेवा लुईस हेमिल्टन हो र यो खेल इतिहासको सबैभन्दा उत्कृष्ट छ ।’

अर्मान्डो पाँच वर्षको भयो । हाल यसले अवकासको जीवन बिताइरहेको छ । तर उसको नयाँ मालिकले त्यसबाट प्रजनन गराएर उसको वंश उत्पादन गर्ने सोच रहेको बताएका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान