Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डोटीमा पहिलो पटक एटिएम सेवा शुरु

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ७, डोटी | राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाले जिल्ला सदरमुकाम सिलगढीमा पहिलो पटक आफ्नो एटिएम सेवा शुरु गरेको छ ।

बैंकबाट एटिएम कार्ड प्राप्त गरेका ग्राहकले सेवा लिन सकुन् भन्ने उद्देश्यले सेवा शुरु गरिएको शाखाका सहायक प्रबन्धक तुलसीदेवी शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला सदरमुकामममा एटिएम सेवा नभएर ग्राहकहरु मर्कामा परेका कारण हामीले उक्त सेवा पहिलो पटक विस्तार गरेका हौँ ।” यसभन्दा पहिले राष्ट्रिय वाणिज्य बैंकको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल शाखामा मात्रै एटिएम सेवा राखिएको थियो ।

बैंक डोटी शाखाको हाताभित्र एटिएम सेवा शुरु भएपछि यहाँका सेवाग्राहीले राहत महसुस गरेको सिलगढीका स्थानिय प्रवीन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग एटिटएम कार्ड भए पनि प्रयोग गर्न पाएका थिएनौँ, अब एटिएम मेसिन शुरु भएकाले जतिबेला नि पैसा झिक्न पाइने भयो ।”

एटिएम सेवाको शुभारम्भ कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले राष्ट्रिय वाणिज्य बैंकले गुणस्तरीय सेवामार्फत निजी क्षेत्रका बैंकसँग प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।