२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीमा पहिलो पटक एटिएम सेवा शुरु

७ चैत्र २०७५, बिहीबार ०७:४३

चैत ७, डोटी | राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाले जिल्ला सदरमुकाम सिलगढीमा पहिलो पटक आफ्नो एटिएम सेवा शुरु गरेको छ । 

बैंकबाट एटिएम कार्ड प्राप्त गरेका ग्राहकले सेवा लिन सकुन् भन्ने उद्देश्यले सेवा शुरु गरिएको शाखाका सहायक प्रबन्धक तुलसीदेवी शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला सदरमुकामममा एटिएम सेवा नभएर ग्राहकहरु मर्कामा परेका कारण हामीले उक्त सेवा पहिलो पटक विस्तार गरेका हौँ ।” यसभन्दा पहिले राष्ट्रिय वाणिज्य बैंकको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल शाखामा मात्रै एटिएम सेवा राखिएको थियो । 

बैंक डोटी शाखाको हाताभित्र एटिएम सेवा शुरु भएपछि यहाँका सेवाग्राहीले राहत महसुस गरेको सिलगढीका स्थानिय प्रवीन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग एटिटएम कार्ड भए पनि प्रयोग गर्न पाएका थिएनौँ, अब एटिएम मेसिन शुरु भएकाले जतिबेला नि पैसा झिक्न पाइने भयो ।” 

एटिएम सेवाको शुभारम्भ कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले राष्ट्रिय वाणिज्य बैंकले गुणस्तरीय सेवामार्फत निजी क्षेत्रका बैंकसँग प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य