2026-10-17 10:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के यो संभव होला दुरलुङ्ग देखि बागलुङसम्म ?

सचिन्द्र श्रेष्ठ | धौलागिरीको प्रबेस द्वार पर्बत कुस्मा अहिले लामो र अग्लो पुलै पुलको सहर भनेर परिचित छ, साथ साथै धार्मीक तथा पर्यटकिय स्थानले नया नया संभावना,अवसर र गन्तब्य पाईरहेको अवगत नै छ।आतंरिक तथा बाह्य पर्यटकको अहिले निकैनै बाक्लो उपस्थिति देख्न सकिन्छ।

अहिले बिश्व पर्यटकीय नगरीमा नया सोच, जागर ,उद्देश्य र आर्थिक लाभ गर्न अरु भन्दा फरक खालका साहसिक खेलहरुको ब्यापक प्रतिस्पर्धा देख्न पाइन्छ।जसले गर्दा आतंरिक तथा बाह्य पर्यटकको घुईचो लाग्ने गर्दछ र राष्ट्रले मनघ्य आम्दानीका बाटाहरू पाउने गरेको छ।

यही फरक साहसिक खेलका बारेमा भनी रहदा पंक्तिकारले यूएईको रसेलखेमामा अवस्थित बिश्वकै लामो जिप लाइनलाई नजिक बाट करीब १३ महीना पहिले देखेको थियो।जहाँ स्वदेस र बिदेस बाट अत्यन्त पर्यटकहरु त्यस खेल को मज्जा लिन आएका थिए।जसलाई हेरी रहदा कता कता आफ्नै ठाउँमा पनि यस्तो एडभेंचर खेल बनाउन सके कति पर्यटक नेपालमा भित्राउन सकिने थियो भनेर सोची रहन्थ्यो।

रसेलखेमामा रहेको त्यों जिप लाइन गिनिज वर्ल्ड रेकर्डमा समेत बिश्वकै लामो जिप लाइन भनेर चिनिन्छ। समुन्द्री सतह देखि १६८० मि. अग्लो र २.८ कि. मि(१.७४ माईल)लामो छ।

करीब २ बर्ष पहिले पोखरामा जीप फ्लायर भनेर अर्को साहसिक खेल गरी रहेको बेला केहि समय पहिले काभ्रे धुलिखेल नपा-८ थाकले डाडा देखि पाचखाल नपा- ५ खावा सम्म ११०० मि. लामो र १३०० मी.अग्लो जिप लाइन शुरू भई सकेको छ।

पर्बतलाई संघीय सरकारको पर्यटन मंत्रालय अन्तर्गत कुस्मा न पा ३ को दुर्लुङमा रहेको क्यानयोंङ र दक्षिण भेगको महाशिलालाई नया तथा बिकास गरिनु पर्ने पर्यटकीय स्थलको रुपमा अघि सारेको थियो।सोहि अनुरूप पंक्तिकारले पनि दुर्लुङ देखि बागलुङ नपा-१२ अमलाचौर बलेवामा रहेको भैरबस्थान सम्म जो समुन्द्री सतह देखि २२०८ मि. अग्लो जिप लाइन गराउन सके त्यहाँको आतंरिक तथा बाह्य पर्यटक आउन मद्दत पुग्ने र नया गन्तब्य पनि बन्न सक्ने थियो। 

अहिले बागलुङ बलेवामा केबल कार सञ्चालन तथा बंजी जम्प ,साईक्लिंङ समेत बन्ने तयारी अन्तिम चरणमा छ । यसले गर्दा बागलुङ बलेवाको भैरबस्थानमा थप तीर्थालु दर्शन गर्न जाने क्रम बढ्दो छ ।

यसले गर्दा बागलुङ तथा पर्बतमा समेत पर्यटक भित्रिने सम्भावना बढी देखिने र यसलाई प्रदेश राज्य ,गैह्र सरकारी संघ संस्था तथा पर्यटन ब्यबसायी लागी परेर अगाडि बढ़न सके धौलागिरीले अझ नया नया गन्तब्य पाउने थियो र राज्य, समाज ब्यक्तिलाई रोजगारका सिर्जना हुने  आर्थिक उन्नतिमा सहयोग पुग्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु