२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनीको लागि उडेको विमान झुक्किएर स्कटल्याण्ड पुग्यो, यात्रूहरु चकित

२०७५, १२ चैत्र मंगलवार ०६:४६

चैत १२, काठमाडौँ । लण्डन सिटी एयरपोर्टबाट जर्मनीको डुसेलडर्भका लागि उडेको ब्रिटिश एयरवेज फ्लाइटका यात्रीहरु सोमबार बिहान स्कटल्याण्डको राजधानी एडिनबर्ग पुग्दा चकित भए ।

‘फ्लाइट प्लान’मा भएको गडबडीका कारण पाइलट र चालक दलका सदस्यले इडिनबर्गका लागि नै उडान भर्नुपर्ने सोचेपछि यस्तो गल्ती हुन पुगेको बताइएको छ ।

इडिनबर्गमा अवतरण गरेपछि उक्त विमान पुनः डुसेलडर्फका लागि उडेको थियो । पियोटर पोमिन्सकी, इम्पेरियल कलेज लण्डनका विद्यार्थीले सिएनएनसँगको कुराकानीमा आफ्नी प्रेमिका उक्त विमानको भएको बताए । ‘मैले फ्लाइटरडारमा हेर्दा उक्त विमान दक्षिणतिर उड्नुको साटो उत्तरतिर उडिरहेको देखेँ । केही प्राविधिक गडबडीका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेँ । पछि उनले मलाई विमान इडिनबर्ग पुगेको बताइन् ।’ 

विमानभित्रकी यात्री जाबोले सिएनएनसँगको कुराकानीमा विमानबाहिर पहाड देख्दा केही त गडबड छ भनेर सोचेको बताइन् । 


‘जब हामी उड्न थाल्यौं तब मैले अग्ला पहाड देख्न थालेँ । मैले सोचेँ यो पूर्वी नेदरल्याण्ड, पश्चिमी जर्मनी हुनै सक्दैन । त्यसपछि मसँगै बसेका साथीले गुगल म्याप हेर्न सुझाए, हेर्दा त हामी कार्लिस्ले वरिपरि भएको थाहा पायौं ।’

‘उक्त जानकारी सबैतिर फैलियो । सबैले एक–अर्कालाई कता जान लागेको भनेर सोधे, सबैले उत्तर दिए डुसेलडर्भ ।’

‘जब हामी अवतरण गर्यौं तब विमान परिचारिकाले डुसेलडर्भ जानेहरुलाई हात उठाउन आग्रह गरिन् । विमान भित्रका सबैले हात उठाए,’ उनले भनिन् ।

विमानका क्याप्टेनले यात्रीसँग माफी माग्दै विमान जर्मनी उड्ने जानकारी दिए । ‘हामीमध्ये धेरै यो स्थितीमा हाँस्यौं,’ जाबोले भनिन् । ‘सबैजना फोनमा थिए, आफूहरु गलत शहरमा पुगेको सम्झाउदै थिए ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते