२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारका अगाडी व्यापारीसंग प्लास्टिकको बाटा घुस लिने प्रहरी सिपाही निलम्बनमा

२०७५, १३ चैत्र बुधबार १७:२४

मनोज पराजुली, चैत्र १३, काठमाडौं । व्यापारीसँग घुस लिएको आरोपमा प्रहरी सिपाही सी बि खत्री निलम्बनमा परेका छन् । अबैध रुपमा राजधानी भित्रिएको समान थानकोट चेक पोस्टमा जांच नगरी उल्टै सामान लिएर व्यापारीलाई छोड्ने प्रहरी सिपाही खत्रीलाई  निलम्बन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले साझा सबाललाई जानकारी दिए । 

घटनाक्रम के हो ?

मंगलबार बेलुकी नेपालगंजबाट काठमाडौं आउंदै गरेको नागरिक यातायात प्रा. लि को ना ५ ख ८९४८ नम्बरको बसको पछिल्लो भाग तथा डिकीमा राखेर ३ सय भन्दा बढी संख्यामा प्लास्टिकका बाटा ल्याइएका थिए । ति बाटाहरु बुधबार  बिहान ७:४५ बजे चेकपोस्टमा चेकजाँच गर्ने क्रममा  प्रहरी पोसाकमा नै रहेका सिपाहीले रु ४० को बाटा ल्याएर बेच्ने भन्दै बिल नहेरिकन एउटा बाटा लगेर स्थनीय एक होटलमा राखेका थिए।  

११ जना पत्रकार सहित अन्य यात्रु गाडी भित्रै रहेको अवस्थामा एक प्रहरीले किन बाटा लिएर गए भन्ने प्रश्न उठेको थियो । तत् पश्च्यात बसका सहचालकले रु २ सय ४० मा किनेर लागेका हुन् भन्दै ति व्यापारीको समर्थन गरे । तर समान चेक गर्न गाडीमा छिरेका सिपाहीले समान नै लगेर राखेपछि गाडी भित्रका यात्रुहरु विच शंका उत्पन्न भएको थियो। तत्काल चालकले गाडी अगाडी बढाए पछि  ति समान ल्याउने मधेसी मुलका एक व्यापारीले निशुल्क लगेको भनेपछि सिपाहीले समान लगेर अन्य सामानको चेक नगरेको पुष्टि भयो । सो पश्च्यात तत्काल प्रहरी इकाईलाई खबर गरि सिपाहीले समान नै घुस लिएको उजुरी परेको थियो ।

पत्रकार टिमले उजुरी गरेपछि व्यापारीसंग समान नै घुस लिने सिपाहीलाई समान सहित नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर टेकु पुर्याइएको थियो । हाल सिपाहीलाई आवश्यक कारवाहीको लागि अनुसन्धान भइरहेको एसएसपी लामाले जानकारी दिए । सिपाही घुस लिएर निलम्बनमा परेपनि सो घटनामा बसका चालक र सह चालको पनि मिलेमतो रहेको गाडीमा रहेका यात्रुले बताएका छन् साथै गाडी चालक र सह चालक माथि आवश्यक छानविन गरि कारवाही गर्नका लागि यात्रुले माग गरेका थिए । ति व्यापारीले भन्सार छलेर देशका बिभिन्न ठाउँमा लगेर समान बेच्ने गरेको संजय ट्रेडस् एण्ड सप्लाएर्स संचालकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो