१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको काँग्रेस केन्द्रीय सदस्य डा.संग्रौला

१५ चैत्र २०७५, शुक्रबार १६:०५

चैत्र १५, अर्घाखाँची | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको बताउनु भएको छ । उहाले निर्मलाका हत्यारालाई मुलुकका प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको बताउनु भयो । 

नेपाली कांग्रेस अर्घाखाँचीले विपि स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा मन्तब्य राख्दै नेतृ संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली भएको बताउनु भयो । तत्कालीन माओवादीले गरेको सशत्र १० वर्षे द्धन्द्धमा पनि साम्य पार्न सेना परिचालन भएका थिए, दवाएर तर्स्याएर हुदैँन, अहिलेका कम्युनिष्टलाई गिरीजाप्रसाद कोईरालाले बार्ता गरी १२ बुदे सम्झौता गरी सहमतिमा ल्याएको भन्दै अहिलेका विप्लव समुहलाई वार्ता गर्नुको साट्टो प्रतिवन्द्ध लगाउँनु फेरी देश द्धन्द्ध तर्फ जान लागेको उहाको भनाइ छ । 


कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) को अध्यक्षता, उपसभापति शान्ता भण्डारीको स्वागत मन्तब्य र सचिव छविलाल पौडेललको सञ्चालनमा सम्पन्न भएको हो । यस्तै नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाले नेपाली काँग्रेस संविधानको कार्यान्वयन गर्ने पक्षमा लागेको बताउनु भयो । उहाले यही संघीय लोकतान्त्रीक संविधानलाई टेकेर सरकारमा जाने, दुईतिहाईको सरकार हो, भन्दैमा संविधानको उल्लङघन गर्ने अधिकार सरकारलाई नरहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट