२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेटको विकासमा कर्णाली सरकार निरिह, आयोजक नै बनाउँदैछन् खेल मैदान

२०७५, १६ चैत्र शनिबार १४:०५

चैत १६, सुर्खेत | कर्णालीमा क्रिेकटप्रति खेलाडीहरुको क्रेज बढेपनि राज्यले उपेक्षा गरेको छ । खेल क्षेत्रको विकास लागि सरकारले बजेट छुट्याए पनि खर्च नहुँदा खेल आयोजक नै प्रतियोगिता सञ्चालन गर्न मैदान बनाउन बाध्य छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरिय रंगशाला निर्माणका लागि सात करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको नौं महिना वित्दा समेत मन्त्रालयले उक्त रकम कसरी खर्च गर्ने भन्ने निक्र्यौल गरेको छैन् । तर आगामी बैशाखमा आयोजना गर्न लागिएको कर्णाली प्रिमियर लिग क्रिक्रेट प्रतियोगिताको दोस्रो संस्करणका लागि खेल अगुवाहरु चन्दा उठाएर मैदान बनाउन थालेका छन् । 

प्रदेशकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता सञ्चालनका लागि सरकारी निकायसंग आग्रह गर्दा सहयोग नपाएको गुनासो कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाहीको छ । ‘सरकारी निकायलाई प्रतियोगिता सञ्चालन गर्न सहयोग माग्दा सहयोग पाएनौं’ शाहीले भने, ‘प्रदेश सरकारबाट सहयोग पाउने आश्वासन नपाएपछि व्यक्तिगत सहयोगबाट प्रतियोगिता सञ्चालन गर्न मैदान निर्माण गरिरहेका छौं ।’

ठूला प्रतियोगिता सञ्चालन गर्न सरकारले नै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुको सट्टा बजेट नै फ्रिज हुने अवस्थामा पुगेको छ । क्रिकेटमै भविष्य बनाउने सपना बोकेका खेलाडीहरु सरकारी उपेक्षाले निराश छन् । किक्रेट मैदानविहिन वीरेन्द्रनगरमा आवश्यक मैदान निर्माणप्रति सरकारले चासो नदेखाएको दुखेसो शाहीको छ । ‘सरकारले नै खेलाडीहरुलाई हौसला दिन कार्यक्रम सञ्चालन गर्नुपर्ने हो’ शाहीले थपे, ‘नीजि क्षेत्रबाट प्रतियोगिता गर्छौं सहयोग गर्दिनुहोस् भन्दा समेत सहयोग पाउने स्थिति छैन् ।’ कर्णालीमा खेलकुद गतिविधि बढ्दै गएपनि गतिलो खेल मैदान नहुदाँ ठूला प्रतियोगिता संञ्चालन गर्न समस्या छ । 


मैदान अभावकै कारण खेलाडीहरू खाली ठाउँको उपयोग गर्दै अभ्यास गरिरहेका छन् । तर नीति बनाएर आागामी दिनमा क्रेक्रेट लगायत अन्य मैदानको निर्माणको काम थाल्ने आश्वासन सामाजिक विकास मन्त्रालयका सचिव डा. मनबहादुर विकेको छ । उनले प्रदेशस्तरिय रंगशाला निर्माणका लागि गुरुयोजना बनाउन मन्त्रालयले गृहकार्य थालेको जानकारी दिए । प्रदेशका ९ जिल्ला अन्य प्रतियोगिता सञ्चालन गर्न मैदान निर्माणको लागि सम्झौता भएको बताए । तर प्रदेश रंगशाला निर्माणको काम चालु आर्थिक वर्षमा शुरु नभए अर्को आर्थिक वर्षमा काम थाल्ने दावी गरे । 

बैशाखमा सञ्चालन गर्न लागिएको केपिएल प्रतियोगिताका लागि वीरेन्द्रनगरको कालुंचौक मैदानलाई आयोजकले मैदान मर्मत गरिरहेका छन् । तर खेलप्रेमी र खेलाडीहरुले भने सरकारलाई क्रिकेट रंगशाला निर्माण गर्न गम्भीर हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की