2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरोकारवाला भन्छन् : सेमेस्टर प्रणाली सुधार गर्न सबैको ध्यान जानुपर्छ

चैत्र १९, काठमाडौं । सेमेस्टर प्रणाली सुधार गर्नका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने सरोकारवालाहरुले बताएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारी जनप्रसासन क्याम्पस कमिटीद्वारा संयुक्त रुपमा आयोजित सेमेस्टर प्रणालीका सम्भावना, चुनौती र भाबी कार्यदिशा विषयक सेमिनार कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले सेमेस्टर प्रणाली सुधार गर्नका लागि त्रिवि भित्र पनि समस्या रहेको भन्दै त्रिविकै उच्च तहमा रहने पदाधिकारी विच नै कार्यगत सहकार्य हुन नसकेको स्वीकार गरिन् । उनले त्रिवि, विधार्थी, कर्मचारी, प्राध्यापक सबैले आफ्नो अधिकार माग गर्ने तर दायित्व पुरा गर्न नसक्ने प्रवृतिका कारण समस्या रहेको बताइन् ।

कार्यक्रममा एक विधार्थीले सेमेस्टर परीक्षा भएको ६ महिनासम्म रिजल्ट प्रकाशन हुन नसक्नुमा व्यवस्थापन संकाय डीन कार्यालयले जिम्मेवारी लिने कि नलिने भन्दै सहायक डीन डा. ध्रुव कुमार गौतमको ध्यानाकर्षण गरेका थिए, त्यसको प्रतिउत्तरमा गौतमले विधार्थीले प्रश्न कुन सन्दर्भमा, कहिले गर्ने ठाउँ हुन्छ भन्दै विधार्थी प्रति इंकित गर्दै आक्रोस पोखेका थिए। व्यवस्थापन संकाय सहायक डीनले सबै कुरा हेर्न सम्भव हुँदैन गौतमले भने ”सेमेस्टर प्रणाली सिस्टममा चल्ने हो, सो अनुरुप ६ महिनामा नसकीए मात्र मलाई गुनासो गर्नुस् आन्तरिक कुरा क्याम्पसमा नै गर्ने हो।” गौतमले त्यति भनिरहँदा सम्म जनप्रशासन एमपिए तेस्रो सेमेस्टरको परीक्षा सकिएको छ महिनामा पनि रिजल्ट प्रकाशन भएको थिएन तर उनले डीन कार्यालयले रिजल्ट प्रकाशनका लागि पठाएको बताएका थिए। संयोगबस त्यसको लगत्तै डीन कार्यालयको वेबसाइडमा रिजल्ट प्रकाशित भएको थियो। 

 

डा. नरेन्द्र पौडेलले सेमेस्टर प्रणालीका सम्भावना, चुनौती र भाबी कार्यदिशा विषयमा कार्यपत्र पस्तुत गर्नुभएको थियो । कार्यपत्रमा व्यवस्थापन संकायका सहायक  डीन डा. ध्रुव कुमार गौतम, डा. हरि प्रसाद अधिकारी, अनेरास्ववियु महासचिव ऐन महर, लगायत विधार्थीहरुले टिप्पणी गरेका थिए। 

कार्यक्रममा आयोजक अनेरास्ववियु जनप्रशासन क्याम्पसका अध्यक्ष उमेशभक्त जोशीले विधार्थीको हकहितका लागि आवाज बुलन्द गर्न प्रतिवद्ध रहेको बताए। उनले क्याम्पस भित्र हुने गतिविधि विधि र नियमसंगत रुपमा संचालन भए साथ दिन तयार भएको तर एकलौटी रुपमा निर्णय मान्न तयार नहुने बताए।  

कार्यक्रममा जनप्रशासन क्याम्पसमा अध्ययन गरि लोकसेवा मार्फत विभिन्न सरकारी सेवामा प्रवेश गरेका विधार्थीहरुलाई सम्मान गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई