२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिलाले जन्माइन् फरक फरक बावु भएका जुम्ल्याहा बच्चा !

२०७५, २० चैत्र बुधबार १०:१९

काठमाडौं | दुनियामा कहिलेकाहीँ साँच्चीकै चमत्कार हुन्छ । चीनको जियामेनमा यस्तै भएको छ । त्यहाँ एकजना महिलाले फरक फरक बाउ भएका जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।

ती जुम्ल्याहा बच्चाको जन्म दर्ता गराउने क्रममा पितृत्व परीक्षण गर्दा उनीहरुका पिता फरक-फरक पुरुष रहेको प्रमाणित भएको हो ।

डिएनए टेस्टका क्रममा जुम्ल्याहाको डिएनए फरक-फरक पाइयो । यसको अर्थ दुई बच्चाको पिता एउटै थिएनन् । त्यसपछि ती महिलासँग सोधनी भयो । अन्ततः उनले आफूले आफ्नो लोग्ने बाहेकको परपुरुषसँग पनि यौन सम्पर्क राखेको र सोही यौन सम्पर्कका क्रममा गर्भाधान भएको हुनसक्ने बताइन् ।

स्थानीय सरकारी अड्डामा बच्चाको जन्मदर्ता गराउँदा बाउआमाले आफ्नो बच्चा भएको प्रमाण स्वरुप डिएनए रिपोर्ट बुझाउनु पर्ने रहेछ । सोही मुताविक ती जुम्ल्याहाको पनि डिएनए परीक्षण गरिएको थियो । तर, जब जुम्ल्याहाको डिएनए रिपोर्ट फरक-फरक आयो, तब सबै झसँग परे ।

त्यसले ती महिलाको पोल मात्र खुलेन चिकित्सा जगतमा एउटा नयाँ चमत्कार पनि भेटियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार जुम्ल्याहा बच्चा जन्मिने बित्तिकै बच्चाका पिता शियाओलोंगले जुम्ल्याहा मध्ये एउटा बच्चाको अनुहार आफूसँग ठ्याक्कै नमिल्ने भन्दै गुनासो गरिरहेका थिए । जब डिएनए रिपोर्ट आयो तब उनको त्यो गुनासो सही ठहरियो ।

पहिलो पटकको डिएनए टेस्टमा पत्यार नलागेपछि उनले फुजियान झेंगताई न्यायिक प्रमाणीकरण केन्द्रमा गएर पुनः डिएनए टेस्ट गराए । आखिर नतिजा उहीँ निस्कियो । जसबाट प्रमाणित भयो कि जुम्ल्याहा मध्ये एउटा बच्चाको पिता उनी नभएर अर्को कुनै पुरुष रहेछ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते