Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आफ्नै बुबाद्वारा छोरी बलात्कृत, आमा मामाघर गएको बेला करणी गरेको प्रहरीमा उजुरी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, चितवन । चितवनमा आफ्नै बुबाले जबर्जस्ती करणी गरेको भन्दै एक किशोरीले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

खैरहनी इलाका प्रहरी कार्यालयमा किशोरीले बुबाविरुद्ध जाहेरी दिएकी हुुन् । आमा नभएको मौका छोपी बाबुले पटकपटक करणी गरेको जाहेरीमा उल्लेख छ ।

आमा सुत्केरी भएर मामाघर गएको बेला बुबाले आफूलाई करणी गरेको भन्दै बालिकाले जाहेरी दिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक धनदेव साउदले बताए ।

किशोरीका बाबु अहिले फरार रहेको छन् । उनको खोजी कार्य तिब्र पारिएको प्रहरीको भनाइ छ । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गर्दा ती अभियुक्त सोमवार विहानदेखि फरार भएका छन् ।

जाहेरी आएपछि बालिकाकलाई स्वास्थ्य परीक्षणको लागि पठाइएको र घटनाको थप अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक साउदले बताए ।