2026-09-01 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिको यात्रा राष्ट्रिय सहमतिविना असम्भव : प्रचण्ड

चैत २७, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको यात्रा राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन् । माडी क्याम्पसको प्रथम ऐतिहासिक सभालाई आज सम्बोधन गर्दै उनले विकासमा प्रतिपक्ष र सत्तापक्ष नभनी एकजुट भएर लाग्नुपर्ने बताए । 

उनले नेपालमा अहिलेसम्मको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव भएको बताउँदै भने, ‘विकास र समृद्धिको नयाँ यात्रा पनि राष्ट्रिय सहमतिबाटै अगाडि बढाउनुपर्छ ।’

शिक्षा क्षेत्रको विकासबाटै देशको विकास सम्भव हुने भन्दै उनले भने, ‘हाम्रा पुर्खा अशिक्षित भएर पनि बैरीसँग लडे, उनीहरुले निर्यात बढाए, हामी शिक्षित भएर पनि आयात बढाउँदैछौँ ।’ शिक्षालाई उत्पादनमुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो । 

शिक्षित युवा विदेश पलायत हुँदै गएको र यहाँ बालबालिका मात्रै रहेको भन्दै उनले यसले देशको विकास नहुने बताए । शिक्षामा सार्वजनिक र निजी सहकार्यका लागि उचित सन्तुलनसहित अघि बढ्नुपर्ने अध्यक्ष दाहालले बताए । 

निकुञ्जपारीको नगरपालिका माडी र भरतपुरका बीचमा दुई देशको जस्तो देखिएको बताउँदै उनले निकुञ्ज ऐन संशोधन गरेर माडीको विकास गर्नुपर्ने बताए । आगामी चार वर्षमा माडीको विकासमा कायापलट हुने बताउँदै उनले आउने वर्षमा सबैले देख्ने गरी माडीको रङ बदलिने बताए । 

राष्ट्रिय निकुञ्ज ऐन विसं २०२९ मा बन्दा माडीमा अहिलेजस्तो धेरै जनता नभएकाले त्यो ऐनले जनावर देख्ने तर जनता नदेख्ने उनको भनाइ थियो । ‘यो ऐन बदलेर यहाँ मान्छे पनि छन् भन्ने देखाउन बहस शुरु गरेको छु । बैठक गरेको छु प्रधानमन्त्रीसँग, वनमन्त्रीसँग, कर्मचारीसँग’, उनले भने, ‘राजनीतिक नेतृत्वले भनेको कुरा कर्मचारीतन्त्रले सजिलै मान्दैनन् । कर्मचारीतन्त्र कन्जरभेटिभ हुँदो रहेछ । राजनीतिक नेतृत्व सधैँ परिवर्तनका पक्षमा छ ।’ 

सो अवसरमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ पुस्तालाई हेरेर शिक्षा दिनुपर्ने बताए । प्राविधिक शिक्षालाई जोड दिनुपर्ने भन्दै उहाँले आगामी शैक्षिकसत्र सम्ममा सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याइने बताए । हाल रहेका ७५३ स्थानीय निकायमध्ये ५५७ मा प्राविधिक शिक्षा पढाइ हुने गरेको उहाँले जानकारी दिए । शैक्षिक क्षेत्रको विकासबाटै देशको समृद्धि सम्भव भएको उनको भनाइ थियो । 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ‘समृद्ध नेपाल सुखी नेपाली’को चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए । पहिलेको जस्तो अलपत्र योजना अब देख्न नपर्ने भन्दै उनले घोषणापत्रमा उल्लेख भएअनुसारका काम गरिने बताए । 

निर्वाचनपछिको पहिलो वर्ष समृद्धिको खाका कोर्ने काममा आफूहरु लागेको भन्दै उनले अब विकासले गति लिने उनले बताए । अब जनताले महसुस गर्ने गरी विकास देख्न पाउने महासेठको भनाइ थियो । उनले आउँदो चार वर्षमा एक हजार ८०० किलोमिटर हुलाकी सडक विस्तार गरिने बताए । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तीर्थ भुसालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, क्याम्पस प्रमुख नेत्रप्रसाद गौतम, शिवनारायण गुरौलगायतले बोलेका थिए । सभाले १५ सदस्यीय नयाँ समिति चयन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला