२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहाँसमा पहिलो पटक ड्रोनबाट व्यवसायिक डेलीभरी सेवा शुरू, Google ले राख्यो रेकर्ड

२०७५, २८ चैत्र बिहीबार १८:३५

चैत २९, काठमाडौँ | ड्रोनमार्फत  सामान डेलीभरीको प्रयासमा कयौं कम्पनी लागी परेका छन् । यसको लागि हजारौ ट्रायल पनि भईसकेका छन् । तर संसारमै पहिलो पटक व्यवसायिक ड्रोन डेलीभरी सेवा शुरू गर्ने देशको श्रेय गूगलले पाएको छ । अमेरिकी कम्पनीले अस्ट्रेलियाको राजधानीमा यस सेवाको लागि अनुमति पाएको हो । 

गूगल विङले अष्ट्रेलियाको क्यानबरामा करीब १०० घरमा ड्रोनमार्फत खाना, कफी र औषधिको डेलिभरी गर्नेछ । गूगल २०१४ देखि यसको परिक्षण गर्दै थियो । डेढ बर्षदेखि यसको ट्रायल पनि चलेको थियो । ट्रायलको क्रममा कम्पनीले ३ हजार पार्सल डेलिभरी गरेको छ ।

ट्रायलको क्रममा प्रतिक्रियाको आधारमा सुधार 

ट्रायलको क्रममा मानिसहरुके ड्रोनबाट निकै ठूलो आवाज आएको भन्दै प्रतिक्रिया दिएका थिए । सामाजिक संजालमा त्यसको बिषयमा निकै पोष्टहरु आएका थिए । त्यसपछि गूगलले धेरै सुधार गर्यो । तब यस ड्रोनलाई सेवा गर्ने अनुमति दिईएको हो ।


गूगलले भनेको छ कि 'मानिसहरुको प्रतिक्रियाको आधारमा हामीलाई धेरै सुधार गर्नमा मद्धत मिलेको छ । आशा छ कि हामी यसलाई थप राम्रो बनाउने छौं र यो सेवा ठुलो परिमाणमा अन्य शहरमा पनि शुरू हुनेछ ।' 

२०३० सम्ममा अष्ट्रेलियामा २५% डेलिभरी ड्रोनबाट हुने अनुमान 

गूगलको दावी छ कि सिर्फ क्यानबरामा मात्र नभई ड्रोनबाट डेलीभरीको सेवा ४ करोड अस्ट्रेलियन डलरको बिजनेस कम्पनीलाई दिनेछ । एक अनुमानको अनुसार २०३० सम्ममा अष्ट्रेलियामा २५% डेलिभरी ड्रोन मार्फत हुनेछ । अमेजन र अलीबाबा पनि ड्रोन डेलीभरी सेवामा काम गर्दैछन् । यी कम्पनीले ब्रिटेन, अमेरिका र चीनमा यसको कयौं ट्रायल पनि आयोजना गरिसकेका छन् । तर उनीहरुलाई आजसम्म व्यवसायिक तरिकाले सामान डेलिभरी गर्ने अनुमति दिईएको छैन ।

सडक वा भीडभाड हुने क्षेत्र माथि ड्रोन उडाउन पाइने छैन, राति अवेरसम्म डेलिभरीको काम गर्न पनि नपाउने 


- ड्रोन सडक वा भीडभाड हुने क्षेत्र माथि उडाउन पाइने छैन ।

- सोमवारदेखि शनिवारसम्म बिहान ७ बजेदेखि रातको ८ बजेसम्म सेवा उपलब्ध रहनेछ ।

- आइतवार यो सेवा बिहान ८ बजेदेखि राति ८ बजेसम्म हुनेछ ।

यसका अलावा अन्य नियम पनि बनाइएको छ… 

ड्रोनमा सामान अर्डर गर्नेको घरको ठेगाना जीपीएसमार्फत हुन्छ । ड्रोन खरीदकर्ताको गार्डन माथि गएर पार्सल झारेर फिर्ता जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा