२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब सिंहदरबार भीत्रै सरकारी बैंक

२०७६, १ बैशाख आईतवार १३:३२

रमेश लम्साल | वैशाख १, काठमाडौँ (रासस) | मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबार र राष्ट्रिय वाणिज्य बैंकको प्रधान कार्यालयबीचको दूरी केही सय मिटर मात्रै छ । विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले सिंहदरबार शाखाका रुपमा पद्ममोदय मोडबाट सेवा दिने गरेको थियो । तर सिंहदबारभित्रै सरकारी स्वामित्वको बैंकको शाखा खोल्न लामो समय पर्खनुपर्यो । सङ्घीय संसद्मा पटकपटक सिंहदरबारभित्र किन सरकारी स्वामित्वको बैंकका शाखा  खोलिएन भन्दै सरकारको ध्यानाकर्षण गराउनुपर्यो । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सरकारी स्वामित्वका बैंकका शाखा सिंहदबारभित्र नखोलिनुका कारण माग गर्दै अर्थमन्त्री डा युवराज खतिवडाको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद भीमबहादुर रावलले पछिल्लो पटक २०७५ फागुन २९ गते प्रनिधिसभाको बैठकमा नेपाली बैंकलाई भित्र जाने अनुमति नदिइनुका कारण के हो ? भन्दै प्रश्न गर्नुभएको थियो । 

यस्तै सांसद विन्दा पाण्डेले पनि सङ्घीय संसद्बाट प्राप्त हुने सेवा सुविधा विदेशी बैंकको सट्टा स्वदेशी बैंकबाट भुक्तानी गर्ने व्यवस्था गर्न माग गर्नुभएको थियो । सांसद रेखा शर्मा र प्रेम सुवालले अर्थतन्त्रको मुख्य मानिने बैंकमा विदेशी संलग्नताले सबै सूचना विदेशीको कब्जामा जाने खतरा रहेको औँल्याउँदै तत्काल सरकारी स्वामित्वको बैंकको शाखा खोल्न माग गर्नुभएको थियो । 

संसद्को अर्थ समितिको बैठकमा समेत सांसदले पटकपटक सो विषयलाई उठाएका थिए । तर निर्णय हुन भने लामो समय लागेको थियो । विसं २०६२/६३ को जनआन्दोलनको सफलतालगत्तै निजी क्षेत्रको एभरेष्ट बैंकले सिंहदबारमा शाखा खोली सेवा दिन थालेको थियो । 

सांसदले प्रमुख प्रशासनिक केन्द्रमा विदेशी साझेदारी भएको बैंकको शाखा खोल्न किन दिइएको र सरकारी स्वामित्वको बैंकलाई सरकारको प्रमुख निकायमा किन बेवास्था गरेको भन्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले गत फागुन २९ गते भन्नुभएको थियो– सरकारले सिंहदरबारभित्र सरकारी बैंकको शाखा खेल्न अनुमति दिइसकेको छ । राष्ट्रिय वाणिज्य बैंकले प्रक्रिया अगाडि बढाइसकेको छ ।

नेपाली बैंकलाई अनुमति नदिने नीति नरहेको पनि उहाँको भनाइ थियो । भौतिक संरचना व्यवस्थापन र सबैलाई सुलभ हुने ठाउँमा एटिएम राख्नका प्रयास भइरहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो । गरे के हुँदो रहेनछ भने जस्तै भएको छ, सङ्घीय संसद्मा अर्थमन्त्री डा खतिवडाले जवाफ दिएको एक महीनापछि आज सिंहदबार परिसरमा रहेको ‘सर्भिस सेन्टरमा’ २१८औँ शाखाका रुपमा वाणिज्य बैंकले शाखा विस्तार गरेको छ । 

नयाँ वर्षको पहिलो दिनदेखि नै वाणिज्य बैंकको शाखा खोलिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले  आज बैंकको शाखा उद्घाटन गर्नुभयो । सचिव गुरुङले भन्नुभयो, “ठूलो मेहनतपछि सिंहदरबार परिसरमा वाणिज्य बैंकको शाखा स्थापना भएको छ । सिंहदरबारभित्र कसरी गुणस्तरीय र प्रभावकारी सेवा दिने भन्ने चुनौती र अवसर दुईवटै छ । त्यसलाई बैंकले आफ्नो क्षमता प्रदर्शन गरेर अब्बल सावित हुने मैले विश्वास लिएको छु ।”

बैंकको अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेपछि नै सचिव गुरुङलाई पनि वाणिज्य बैंकको शाखा किन यहाँ नखोल्ने भन्ने लागेको रहेछ । सचिव गुरुङले उद्घाटन समारोहमा भन्नुभयो, “मलाई पनि बैंकका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका सदस्यले पनि पटकपटक ध्यानाकर्षण गराउनुभएको थियो । आज त्यो अपेक्षा र चाहना पूरा भएको छ । हामी सबैका लागि यो खुशीको दिन हो ।” सरकारले आजदेखि शुरु गरेको सबै नेपालीका लागि बैंक खाता अभियानमा समेत वाणिज्य बैंकले नै नेतृत्व गरेको छ । आज मात्रै राष्ट्रियसभागृहमा मात्रै ७५० नयाँ खाता खोलिएको छ । 

सचिव गुरुङले सेवाग्राहीलाई सरल र सहजरुपमा स्मार्ट बंैकिङ सेवा दिनसमेत आग्रह गर्नुभयो । “केही समय पहिलेसम्म बैंकमा जनशक्ति छैन, सिंहदरबारभित्र सेवा दिन पाइएन भन्ने गुनासो हुन्थ्यो, अब ती गुनासो हल भएका छन् । अब वाणिज्य बैंक खरो प्रतिस्पर्धामा उत्रनु पर्छ”, अध्यक्ष गुरुङले भन्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सिंहदबारभित्र २१८औँ शाखाका रुपमा सञ्चालनमा ल्याउन पाउँदा गौरवान्वित भएको बताउनुभयो । मुलुकभरका ७७ वटै जिल्लामा पुग्ने र रु एक खर्ब ७७ अर्ब निक्षेप भएको पहिलो बैंकका रुपमा वाणिज्य बैंक स्थापित भएको उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा