२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय (भिडियो सहित)

१ बैशाख २०७६, आईतवार १६:१४

काठमाडौं : वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो‘ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो‘ सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन् । अधर एल्वमका यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् यो सहित पाँच गीतको भिडियो सार्वजनिक भएको छ । 

दोस्रो एल्वम समेत तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्र गीती लेखन तथा आधुनिक गीती लेखनमा उत्तिकै सक्रिय रहेका छन् ।


याद तिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेउ

सम्झी सम्झी रुनु भन्दा मिल्छ भने हासो पठाइदेउ‘….

याद तिम्रो धेरै आइरह्यो‘ गीतको म्यूजिक भिडियो निर्देशन चर्चित कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के.सी.ले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् ।

शान्तिप्रियको शब्दको यो गीतलाई चर्चीत संगीतकार अर्जुन पोखरेलले संगीत गरेका हुन् भने युवा गायक युबराज चौलागाईले गाएका हुन् ।

गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता भट्टराई र अभिनेत्री चौलागाईको केमेष्ट्री खुलेको पनि छ । अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा क्रमश‘ जम्दै गरेका छन् ।

म्यूजिक भिडियोलाई छायाँछवि क्रियशनले निर्माण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै