२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कार्टुन क्रु’नयाँ नृत्य, ’ह्याप्पी ह्याप्पी …’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

१ बैशाख २०७६, आईतवार १६:४४

वैशाख १, काठमाडौं | गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६को उपलक्ष्यमा दर्शक तथा स्रोताहरुमाझ नयाँ साङ्गीतिक कोसेली स्वरुप उक्त गीत सार्वजनिक गरिएको रचनाकार वाग्लेले जानकारी दिए।

गीतमा हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर सुन्न सकिन्छ। चर्चित नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकसहित साथीहरुको अभिनय रहेको गीतका भिडियोमा गायक परियारको समेत अभिनय देख्न सकिन्छ।


सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने, भिडियोमा राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा, भिएफएक्स रहेको छ।

गायक शिव परियारले आफूले मेहनतका साथ गीतमा न्याय गरेको भन्दै गीतको सफलता प्रति आशा व्यक्त गरे। गायक शिव परियारको गीतमा पहिलो पटक काम गर्न पाएकोमा सरोज र आस्माले खुसी व्यक्त गरे ।

गत वर्ष सार्वजनिक एकल एल्वम ‘तिमी साथ भएपछि’ का गजलहरू लोकप्रिय भएपछि उत्साहित भएका वाग्ले यो गीतबाट निकै आशावादी रहेको बताए । विगत लामो समयदेखि अमेरिकाको वोस्टनमा बस्दै आएका रचनाकार वाग्ले बोस्टन स्थित हिमालयन कल्चरल एकेडेमीका अध्यक्ष हुन् । ‘ह्याप्पी ह्याप्पी …’ बोलको गीतलाई नेपाली वेबसाईट युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान