२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङका एक युवाको कतारमा सुतेकै अवस्थामा मृत्यु

२०७६, ४ बैशाख बुधबार ०२:३८

वैशाख ४, लमजुङ । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ ।

यो खबर कान्तिपुरमा छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो ।

लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार २ वर्षदेखि कार्यरत उनको शनिबार मध्यराति १२ बजेतिर मृत्यु भएको हो। राति आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै क्रममा मृत्यु भएको हो।

‘अचानक राति अनौठो आवाज निकालेपछि कोठाका अन्य साथीहरुले हेर्दा अस्वभाविक रुपमा ओछ्यानमा पल्टिरहेको देखेछन्। तत्काल कम्पनीमा खबर गरी एम्बुलेन्स बोलाएछ। ढुकढुकी चलिरहेको थियो भन्छन् साथीहरु,’ उनले भने, ‘डाक्टरले साढे १ घण्टाजति उपचार गर्ने प्रयास गरेपनि बचाउन सकिएन भन्ने खबर आयो।’

लमजुङ सेवा समाजका तृतीय उपाध्यक्ष विनोदप्रसाद बसौलाका अनुसार दवाडीको शवलाई प्रहरीले मुचुल्का उठाएर कतार सरकारको सम्बन्धित सरकारी अस्पताल हमादमा पोस्टमार्टमका लागि राखिएको छ। दवाडी अल वक्रास्थित डेउ इन्जिनियरिङमा कार्यरत थिए। शवलाई नेपाल पठाउने तयारी गरिएको अध्यक्ष नखोलाले बताए।

उनका अनुसार कम्पनीले एचआर म्यानेजर फिलिपिनो नागरिक रुवानलाई शव लिएर पठाउने तयारी गरेको जानकारी प्राप्त भएको छ। मृतकको परिवारलाई नियमसंगतको बीमा रकम पनि पठाइने पनि कम्पनीले जनाएको अध्यक्ष नखोलाले बताए।

स्थानीयका अनुसार दवाडी पछिल्लो समय ३ महिनाअघि बुवा गिरीधारी दवाडीको निधनपछि घर आएर फर्केका थिए। ६ महिनाअघिमात्रै आमा अम्बी दवाडीको निधनपछि उनी घर आएर फर्किएका थिए।

आमाबुवाको ३ महिनाको फरकमा निधन भएपछि उनी तनावमा थिए। गण्डकी प्रदेशका सांसद समेत रहेका स्थानीय धनञ्जय दवाडीका अनुसार इन्द्रको निधनले गाउँ शोकमा डुबेको छ।

घरमा मृतक दवाडीका पत्नी उमा, छोरीहरु १३ वर्षीया इना, ७ वर्षीया युनिका दवाडी र ५ वर्षीय छोरा युकेश दवाडी छन्। उनका भाइ वेदप्रसाद दवाडी र बुहारी अनिता दवाडी छन्। पारिवारिक स्थिति कमजोर रहेको सांसद दवाडीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ