२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङका एक युवाको कतारमा सुतेकै अवस्थामा मृत्यु

४ बैशाख २०७६, बुधबार ०२:३८

वैशाख ४, लमजुङ । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ ।

यो खबर कान्तिपुरमा छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो ।

लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार २ वर्षदेखि कार्यरत उनको शनिबार मध्यराति १२ बजेतिर मृत्यु भएको हो। राति आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै क्रममा मृत्यु भएको हो।

‘अचानक राति अनौठो आवाज निकालेपछि कोठाका अन्य साथीहरुले हेर्दा अस्वभाविक रुपमा ओछ्यानमा पल्टिरहेको देखेछन्। तत्काल कम्पनीमा खबर गरी एम्बुलेन्स बोलाएछ। ढुकढुकी चलिरहेको थियो भन्छन् साथीहरु,’ उनले भने, ‘डाक्टरले साढे १ घण्टाजति उपचार गर्ने प्रयास गरेपनि बचाउन सकिएन भन्ने खबर आयो।’

लमजुङ सेवा समाजका तृतीय उपाध्यक्ष विनोदप्रसाद बसौलाका अनुसार दवाडीको शवलाई प्रहरीले मुचुल्का उठाएर कतार सरकारको सम्बन्धित सरकारी अस्पताल हमादमा पोस्टमार्टमका लागि राखिएको छ। दवाडी अल वक्रास्थित डेउ इन्जिनियरिङमा कार्यरत थिए। शवलाई नेपाल पठाउने तयारी गरिएको अध्यक्ष नखोलाले बताए।

उनका अनुसार कम्पनीले एचआर म्यानेजर फिलिपिनो नागरिक रुवानलाई शव लिएर पठाउने तयारी गरेको जानकारी प्राप्त भएको छ। मृतकको परिवारलाई नियमसंगतको बीमा रकम पनि पठाइने पनि कम्पनीले जनाएको अध्यक्ष नखोलाले बताए।

स्थानीयका अनुसार दवाडी पछिल्लो समय ३ महिनाअघि बुवा गिरीधारी दवाडीको निधनपछि घर आएर फर्केका थिए। ६ महिनाअघिमात्रै आमा अम्बी दवाडीको निधनपछि उनी घर आएर फर्किएका थिए।

आमाबुवाको ३ महिनाको फरकमा निधन भएपछि उनी तनावमा थिए। गण्डकी प्रदेशका सांसद समेत रहेका स्थानीय धनञ्जय दवाडीका अनुसार इन्द्रको निधनले गाउँ शोकमा डुबेको छ।

घरमा मृतक दवाडीका पत्नी उमा, छोरीहरु १३ वर्षीया इना, ७ वर्षीया युनिका दवाडी र ५ वर्षीय छोरा युकेश दवाडी छन्। उनका भाइ वेदप्रसाद दवाडी र बुहारी अनिता दवाडी छन्। पारिवारिक स्थिति कमजोर रहेको सांसद दवाडीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य