२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्ल्याहा बच्चाहरूले जब आमाको पेटमै मुक्कामुक्की गरे ! (हेर्नुहोस् भिडियो)

४ बैशाख २०७६, बुधबार १०:५९

बैशाख ४, काठमाडौँ – चीनको यिन्चुवान प्रान्तमा २८ वर्षका ताओले आफ्नी पत्नीको अल्ट्रासाउण्डमा अनौठो दृश्य देखे । पेटमा दुई जुम्ल्याहा बच्चाहरू एक आपसमा मुक्कामुक्की गरिरहेका थिए । यो दृश्यलाई उनले मोबाइलमा रेकर्ड गरे र हालसम्म करोडौंले उक्त भिडियो हेरिसकेका छन् ।

गर्भमै मुक्कामुक्की गरेका जुम्ल्याहाहरू छोरी भएको जनाइएको छ । अहिले तिनीहरू जन्मिसकेका छन् तर आमाको पेटमा गरेजस्तो मुक्कामुक्की भने गरेका छैनन् । बाबु ताओले अन्तर्राष्ट्रिय संचारमाध्यमलाई बताए, 'त्यो अल्ट्रासाउण्डको भिडियो मैले खिचेको थिएँ, यतिधेरै मान्छेहरूले हेर्लान भन्ने थाहा थिएन । मेरा प्यारा दुई छोरीहरूको नाम 'चेरी' र 'स्ट्रबेरी' हो ।'

जुम्ल्याहा बच्चाहरू पेटमै मुक्कामुक्की गरेको दृश्य दुर्लभ र जोखिमयुक्त भएको डाक्टरहरू बताउँछन् । तर तिनीहरू भने स्वस्थ जन्मिएका थिए । अल्ट्रासाउण्डमा मुक्कामुक्की गरिरहेको भेटिएपछि अस्पतालका डाक्टरहरूले आपतकालीन अपरेसनको तयारी गरेका थिए । अपरेसनका क्रममा दुवैजनाको गर्भानाल एकआपसमा जेलिएको भेटिएको थियो । 

हेर्नुहोस् भिडियो - 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा