2026-06-27 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ३ : एक विधेयक पारित

वैशाख ४, हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा आज बसेको बैठकले प्रदेश बालबालिकाको अधिकारको व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि छलफल गरी सर्वसम्मतिबाट पारित गरेको छ । सामाजिक विकासमन्त्री युवराज दुलालले सो विधेयकलाई बैठकमा पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले केही दिनअघि बसेको प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्नु हुने सदस्यले उठाउनुभएको जिज्ञासालाई आजको बेैठकमा जवाफ दिँदै स्थायी राजधानीको विषयमा छिट्टै निकास दिने क्रममा संवैधानिक प्रक्रिया पूरा गरेर स्थायी राजधानीको टुङ्गो लगाइने र त्यसो हुँदा कुनै राजनीतिक विवादग्रस्त नहुने बताउनुभयो ।

उहाँले प्रदेशभित्रको जिल्लामा आकस्मिक रुपमा आइपर्ने दैविक प्रकोप, सडक दुर्घटना एवम् भूकम्पपीडित जनतालाई तत्काल उद्धार कार्य गर्न र पुनर्वासका लागि प्रदेश सरकारले आफ्नो नीतिगत कार्यक्रम लागू गरेको जानकारी दिनुभयो । उहाँले प्रदेशअन्तर्गत रहेको जिल्लामा खानेपानी, सडक निर्माण, विद्युतीकरण, सिँचाइ योजनालाई उच्च प्राथमिकता दिई कार्यान्वयन गर्न सरकारले सम्बन्धित निकायलाई कार्यक्रमसहित बजेट सिलिङ पठाइसकेको स्पष्ट पार्नुभयो ।

सोही बैठकमा शून्य समयमा बोल्नु हुने १४ जना सदस्यले राष्ट्रिय सरोकार र महत्वको विषयमा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँनुभएको थियो । उहाँहरुले काठमाडौँस्थित चोभारको सुख्खा बन्दरगाह बनाउने क्रममा सर्वसाधरणको १८८ रोपनी जग्गा अधिकरण गरिएको तर हालसम्म उक्त जग्गाको मुआब्जा पाइनसकेकाले सङ्घीय सरकारले यथाशीघ्र मुआब्जा रकम उपलब्ध गराइदिन माग गर्नुभएको थियो । सम्बन्धित उपभोक्ताले आफ्नो योजना सञ्चालन गर्दा रु ५० लाखसम्मको योजनालाई उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्नेतर्फ सार्वजनिक ऐनमा संशोधन हुनुपर्ने उहाँहरुको सुझाव थियो ।

उक्त बैठकमा इन्द्रमाया दोङ, कल्पना नेपाली, कृष्णप्रसाद भुर्तेल, किशोर खनाल, केशवप्रसाद पोखरेल, गणेशप्रसाद दुलाल, घनश्याम दाहाल, जगतप्रसाद सिम्खडा, छिरिङ दोर्जे लामा, केशवराज पाण्डे, जगनाथ खतिवडा, देवकी श्रेष्ठ, जीवन डङ्गोल र दीपक निरौलाले आफ्ना धारणा राख्नुभएको थियो । प्रदेशसभा सदस्य घनश्याम दाहालले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन उक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । 

सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक बिहीबार वैशाख ५ गते दिनको १ बजे बस्ने गरी र आज १ः४५ बजे शुरु भएको बैठक २ः४५ बजे सञ्चालन गरी स्थगन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी