<p>बैशाख ११, कास्की । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।<br></p><p>मङ्गलबार राति करिब ८:४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।</p><p>ग६प ३०२९ नंको मोटरसाइकलमा सवार तिमिल्सिना ठक्करबाट घाइते भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि ल्याइएको थियो । ठक्कर दिने बस र चालकको पहिचान भइनसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।</p>
April 24, 2019
कास्की - KSK, समाज
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार सेयर गर्नुहोस्
By kit
2 मिनेट पढाइ
