फणीन्द्र फुयाल | वैशाख १२, काठमाडौं । सिन्धुलीका टेकबहादुर थापा अहिले सन्तुष्ट छन् । दुई वर्ष अघिदेखि उनले सिन्धुलीको गोलान्जोर गाउँपालिका १ मा सुरु गरेको पहेंलो रंगको सखरखण्ड (ओरेन्ज फ्लेस स्वीट पोटेटो) ले मनग्य आमादानी दिन थालेपछि उनलाई पैसाको कमाउन के व्यवसाय सञ्चालन गर्ने भन्ने समस्या छैन । यसबाटै उनको सम्पूर्णं खर्च धनिएको मात्र छैन ‘जागिर’ नै यही बनेको छ ।
सलादको स्पमा प्रयोग हुने पहेँलो रंगको सखरखण्ड दक्षिण अफ्रिकाहुँदै नेपाल भित्रिएको उनको बुझाई छ । भन्छन्, ‘मैले यो खेती दुई वर्ष अघि जिल्लाको गोलान्जोर १मा करिव २ विघा जमिनमा सुरु गरेको हो, अहिले यो खेती सुनकोशी गाउँपालिका पनि बिस्तार भएको छ, चार सय किसानले यसको खोती सुरु गरेका छन’् ।
उनका अनुसार यसको खेती नेपालको ४२ जिल्लामा सुरु भएको छ भने व्यवसायीक रुपमा सिन्धुलीलगायत सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा भैरहेको छ । परम्परागत रुपमा धान, गहुँ, मकै, कोदो खेती गर्दा परिश्रम पनि धेरै पर्ने र उत्पादनमा बृद्धि नहुने हुँदा यस्ता नौला प्रकारका खेतीमा युवाहरुलाई प्रोत्साहन गर्न सके देशमै युवाशक्तिको खपत हुने, स्वरोजगार बनिने र देशमै श्रम गरेर मनग्य रकम पनि कमाउन सकिने उनको अनुभवले सिकाएको छ ।
यस्ता नयाँ र नौला प्रकारका फलफुल तथा बालीहरुको खेती देशको कुन र कस्तो मौसम, हावापानी र उचाइमा गर्न सकिन्छ त्यसको सरकारले पहिचान गरी वैज्ञानिक तरिकाले खेती गर्न सकेको खण्डमा युवाशक्तिहरु खाडि मुलुकको तातो घाममा श्रम र पसिना बेच्न जानु नपर्ने कृषक टेक बहादुर थापा बताउँछन् ।
हाल यो सखरखण्डको बजार माग धेरै भए पनि माग अनुसार उत्पादन गर्न सकिएको छैन । यसको बजार मुल्य हाल प्रति केजी ५० रुपैयाँ छ भने यो १ रोपानी जग्गामा करिव ५ देखि ८ क्विन्टल उत्पादन हुने गरेको थापाको थापाको अनुभवले देखाको छ ।
यो निकै भिटामिनयुक्त हुने, यसलाई सलादको रुपमा प्रयोग गर्न सकिने, चिप्स बनाउन सकिने, सुकाएर धुलो बनाइ पाउरोटी र केक बनाउनसमेत सकिने थापाले बताए । त्यसका लागि थापाले औजार तथा उपकरणसमेत प्रयोग गरी घरमै मिनि कारखानासमेत संचालन गरेका छन् ।
यो बालीको उत्पति दक्षिण अमेरिका क्षेत्रमा भएको अनुमान गरिन्छ । शुरुका अवस्थामा यसको खेती मेक्सिको, मध्य र दक्षिण अमेरिका, वेष्ट इण्डिज क्षेत्रमा भएको पाइन्छ । हाल यसको खेती संसारको सबैजसो उष्ण तथा समशितोष्ण क्षेत्रमा गरिन्छ । विशेषगरी मध्य र दक्षिण अमेरिका, मेक्सिको, यूरोप र भारत, चीन, जापान, ताइवान, दक्षिण पूर्व एशिया र पेसिफीक टापुहरु सखरखण्ड खेतीका लागी प्रख्यात मानिन्छन् ।
नेपालमा यसको खेती तराई तथा मध्य पहाडमा मुख्यतः करेशाबारीको रुपमा खेती गरिन्छ । नेपालमा सखरखण्डको खेती कती क्षेत्रफल र कहाँ कहाँ लगाइन्छ भन्ने खासै तथ्याङ्क प्राप्त नभएता पनि गोरखा, काभ्रे, धादिङ्ग, सिराहा, सप्तरी, सुनसरी, धनकुटा, धनुषा, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत र तनहुँ जिल्लाहरुमा कृषकहरुले फाटफुट रुपमा लगाउँदै आइरहेको पाइएको छ भने नार्कका वैज्ञानिक र कन्दमुल विकास केन्द्रले अनुसन्धान गरिरहेको छ ।
सखरखण्डलाई “अनिकालको संजिवनी” पनि भनिन्छ, किनभने यसलाई उसिनेर मुरव्य खानाको सट्टामा पनि खान सकिन्छ । यो एक किसिमको लहरे खालको विरुवा हो । सुरुमा यसको पात हरियो वैजनी रंगको हुन्छ र बाटुलो आकारका पात र फुलको रंग निलो हुन्छ ।
यसको जरा तथा मुन्टा समेत खान सकिन्छ । आजकल गाँउ, शहरमा बस्ने धेरैजसो मानिसलाई सखरखण्ड भनेको के हो भन्ने थाहा नहुन सक्छ । तर, ‘स्विट पोटेटो’ भन्दा उनीहरुका आँखाअघि यसको चित्र आउन सक्छ । सखरखण्ड ऊर्जाको धेरै राम्रो स्रोत हो । आयुर्वेदअनुसार, यो जाडोमा बढि लाभदायक हुन्छ । किनभने जाडो याममा कन्दमूल बढि फाइदाजनक मानिन्छ । कन्दमूलले हाम्रो शरीरलाई न्यानो बनाइराख्न सघाउँँछ । पोषक तत्वले भरिपूर्ण सखरखण्डको सेवनले धेरै फाइदा मिल्छ । यसमा क्यालोरी र स्टार्चको सामान्य मात्रा हुन्छ, स्याचुरेटेड प्mयाट र कोलेस्टोरोलको मात्रा नभए बराबर हुन्छ ।
सखरखण्डमा फइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ । सखरखण्ड उच्च मात्रामा स्टार्च भएको खाद्यपदार्थ भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ जस्तै फोलेट, आइरन, म्यगनेसियम, कपर भिटामिन आदि पनि प्रशस्त पाइन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ । यसको सेवनले गालामा चमक आउँछ । यसको सेवन हाड, दाँत, नसा र छालाको लगि धेरै लाभदायक मानिन्छ ।
यसको नियमित सेवनले छालामा नरम पना र तजा बनाउनुका साथै चाउरी आउन कम हुने मान्यता छ । सखरखण्ड उच्च मात्रामा स्टार्च भएको खाद्यपदार्थ भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ । यसमा डायट्री फाइबर र काबोहाइडेट बडि मात्रामा हुन्छ, जसले रगतलाई बढाउँछ । यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ । यो मधुमेहको बिरामीका लागि निकै राम्रो मानिन्छ ।
यसमा भएको पोटेसियमले स्नायु प्रणलीको सक्रियतालाई राम्रो बनाइराख्नुका साथै मृगौलालाई स्वस्थ राख्न महत्वपूर्ण योगदान दिन्छ । भिटामिन बी– ६ ले भरिपूर्ण यसले शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ । अमिनो एसिडको मात्रा बढ्दा रोगको जोखिम पनि बढ्ने गर्छ । यसमा भिटामिन ए पनि प्रशस्त हुन्छ । यसको सेवनले शरीरलाई ९० प्रतिशतसम्म भिटामिन ‘ए’ को परिपूर्ति हुन्छ ।
यसले तुसारो सहन सक्दैन, तुसारो नपर्ने ठाउँमा यसको खेती सजिलै गर्न सकिन्छ । टनेल मार्फत वाह्रै महिना यसको खेती गर्न सकिन्छ ।
यसको खेती उपत्यका र पहाडी भागमा बर्षको एक पटक र तराई तथा तल्लो पहाड दुई पटक र नदिको किनारामा (बालुवा भएको जमिन) तिन पटक खेती गर्न सकिन्छ । यो सखरखण्डलाई थोपा सिचाँई, मल्चिङ प्लाष्टिक, हजारी, फिरफिरे, उपयुक्त सिचाँइ हुनुपर्नेछ ।
यो बाली बाह्रै महिना लगाउन सकिन्छ । रोपेको चार महिना देखि पाच महिना सम्म खनिसक्नु पर्छ ।
जमिन तयार पारि फललाई जमिनमा रोप्नुपर्छ । उम्रेको लहरालाई तिन आख्लामा काटि डाँठलाई ढल्काएर दुई आखाँ पुर्ने र एक आखाँ देखाउनु पर्छ ।
यसकोे खेती जुनसुकै किसिमको माटोमा गर्न सकिन्छ । तापनि बलौटे दुमन माटो बढि उपयसक्त हुन्छ ।जमिनलाई राम्ररी खनजोत गरी मल मिलाई सम्म पार्नुपर्दछ । मसिनोसँग डल्ला फोरेर माटो बुरबुराउदो पारेर १ फिट अग्लो र १ फिट चौडाई भएको ड्याङ्ग बनाएर रोप्नु पर्दछ तर पानी जम्ने ठाँउ हुनुहुँदैन । पुर्व पश्चिम फर्केको ड्याङ्ग बनाउनु पर्दछ ।
यो विरुवालई रोपे पछि सिमसिम पानीको आवश्यक पर्दछ । झरपातहरु आएमा उखेलेर फालिदिनु पर्दछ । बिरुवा २० देखि २५ इन्ची सम्म लामो भएपछि जुन लहराले अरु ठाउँमा जरा गाड्न नपाओस् भन्नाले १५–१५ दिनमा पल्टाइरहनु पर्नेछ । जहिले पनि लहरा ड्याङ्गमै अड्डीयोस् । यो सखरखण्डलाई खासै रोग तथा किराले सताउदैन ।
मुन्टा टिप्ने, फल खन्ने फल चाँहि ३ देखि ४ महिनामा खन्न तयार हुन्छ । हरियो साग (मुन्टा) करिब विरुवा रोपेको २ महिनामा टिप्न तयार हुन्छ । यसलाई खन्नु भन्दा १ दिनअघि भ्mयाङ्गलाई निकालेर अर्को डयाङ्ग बनाएर रोप्न सकिन्छ । तर उत्पादनमा कमि देखिन्छ ।
लहरा फेद्नेर काट्ने, चोट नलगाई खन्ने, क्रेटमा राख्ने, यसलाई पानीले राम्रो सँग सफा गर्ने, ग्रेडिङ गर्ने, राम्रोसँग जोख्ने, प्याकेजीङ लेबलीङ गर्ने, इयर कन्डिसनमा राख्ने, मार्केटमा पु¥याउने । जुन सामान काहि पनि दाग लाग्नु हुदैन । यो १२५ ग्राम देखि २५० ग्राम भन्द ठुलो हहुनुहुदैन ।
यसलाई खनेको एक हप्तापछि मात्र खाँदा गुलियोपना बढी हुन्छ । यसलाई पानीमा सोझै उसिन्न हुँदैन, यसलाई फलामको कराइ अथवा प्रेसर कुकरमा एक चम्चा घीउ अथवा तेल राखेर माथिबाट ढकनीले छोपेर सानो आगोमा पकाउन पर्दछ । गर्बवती महिला, बुढा बुढी ६ महिना पुरा भएका बच्चा लाई लिटोमा मिसाइ वा मिचेर खुवाउन सकिन्छ । यसको मुन्टा तरकारी पकाउदा अन्य साग पकाए जस्तै गरी थौरै तेल हालेर छोपेर पकाउनु पर्दछ, जस्ले गर्दा पौष्टिक पदार्थ नास भएर जाँदैन ।
यसलाई सलादको रुपमा पनि खान सकिन्छ । पानीमा सफा गरेर चाना काटेर राम्रोसँग सुकाएर राखेर पछि खान पनि सकिन्छ । यसलाई कोरेर मसिनो पारेर हलुवा (गाजरको हलुवा जस्तै) पकाएर पनि खान सकिन्छ ।चिप्स, पाउरोटि, केक, तथा विभिन्न परिकार बनाएर खान सकिन्छ ।