२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँच बर्षपछि सुर्खेतका बाढीपीडतको आबास निर्माण सुरु

२०७६, १७ बैशाख मंगलवार १४:३१

सुर्खेत १७ बैशाख । सुर्खेतका बाढी पीडितका लागि कर्णाली सरकारले आवास निर्माणका लागि बिशेष अभियान थालेको छ । कर्णाली सरकारले चालु आर्थिक बर्षको असार मसान्तसम्म सुर्खेतका बाढी पीडितहरुलाई घरमा बसाल्ने गरी तयारी गरेको जनाएको छ । सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले सुर्खेतमा १ हजार ४५ जना बाढी पीडित रहेको तथ्याङ्क संकलन गरेको छ ।


आबास निर्माण अभियान थालेको प्रदेश सरकारले पीडितहरुको बसोबास भएको स्थानीय तहसंगको समन्वयमा तत्काल काम गर्ने गरी बजेट निकासा गरेको जनाएको छ । सरकारले पीडितको आबास निर्माणमा सहयोग गर्ने गरी विपत् पीडित आवास निर्माण समिति गठन गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा गठन हुने समितिमा सम्बन्धित प्रदेश सभाका सांसद, स्थानीय तहका प्रमूख, विभागीय मन्त्रालयमा सचिव वा प्रतिनिधी र जिल्ला समन्वय समितिको संयोजक सदस्य रहने व्यवस्था गरिएको छ । उक्त समितिले पीडितको आवश्यकता र मागका आधारमा काम गर्ने गरी व्यवस्था गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले बाढी पीडित तथा दैवी प्रकोपमा घटनालाई बिषय बस्तु बनाए गीत संगीतमा योगदान दिएका बरिष्ट कलाकार प्रेमदेव गिरीलाई बाढी पीडित सद्भावना दुत घोषणा गरेको छ । गिरीका चरी लैजा समाचार हामी भयौ बेघरबार बाढी पीडितको बिषयबस्तु केन्द्रित चर्चित गीत हो । गिरी लामो समयदेखि कर्णाली कला गीत र संगीतको क्षेत्रमा क्रियाशिल छन् ।


सरकारले बाढीपीतिको आवास निर्माणका लागि मंगलबारदेखि नै पहिलो किस्ता वाफतको रकम निकासा गर्ने प्रक्रिया थालनी गरिसकेको जनाएको छ । बाढीबाट घरबास गुमाएको पाँच बर्ष पछि पीडितले पहिलो किस्ता वाफत १ लाख ५० हजार पाउने भएका छन् । बाढी पीडितको आवास निर्माणका लागि प्रतिपरिवार ३ लाखका दरले सुर्खेतका १ हजार ४५ जनालाई कर्णाली सरकारले एक महिना अघि मात्र ३५ करोड ३५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

राज्य भएर पनि नभएको जस्तो हुनु प¥योः मन्त्री भण्डारी

बाढी पीडिले पाँच बर्षसम्म कष्टपूर्ण जीवन बिताउनु परे पनि अब आफ्नै घरमा बस्न पाउने गरी प्रदेश सरकारले व्यवस्था गरेको उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिका संयोजक समेत रहेका सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए । ‘पाँच बर्ष बाढीपीडिले निकै कष्टपूर्ण जीवन बिताउनु परेको छ । यो अवधीमा राज्य भएर पनि नभएको अनुभुती बाढी पीडितले गर्नु प¥यो’ उनले भने, ‘अब सरकार भएको अनुभुती पीडिले गर्ने गरी काम अघि बढाउने छौ ।’ पहिलो किस्ता वाफत आवास निर्माणको रकम पाउने व्यवस्था गरिसकिएको र निर्माण प्रगतीका आधारमा थप किस्ता भुक्तानी गरिने उनले बताए ।

बाढी पीडितको आबास निर्माणको बिशेष अभियान शुभारम्भको घोषणा गर्दै कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीबासीले कुनै पनि दैवी विपत्तीमा कष्टपूर्ण जीवन बिताउनु पजर्ने बाध्यता अन्त्य भएको बताए । प्रदेश सरकारले सरकार नभएको अनुभुती नागरिकलाई हुन नदिने उनको भनाई छ । ‘लामो समय बाढी पीडितले दुःख पाउनु भएको छ’ उनले भने, ‘अब प्रदेश सरकारले नागरिकका दुःख बुभ्mने छ ।’ 

०७१ साल असार २८ र २९ गते परेको अविरल बर्षा पछिको बाढीले सुर्खेतमा पीडित भएकाहरु सुर्खेतका मसिना, वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, गिरीघाट, तिखाकुनालगायतका स्थानमा अस्थायी शिविर स्थापना गरेर बसिरहेका छन् । बाढी पीडत भएकाहरुमध्ये ५ सय १४ परिवपारले घर निर्माणको लागि राहत रकम माग गरेका छन् । त्यस्तै २ सय ९२ परिवारले जग्गा र आवास निर्माणका लागि माग गरेका छन् भने २ सय ३९ परिवारले पुर्नर्बासको माग गरेका छन् ।

विश्वस्त छैनन् पीडित

कर्णाली सरकारले निकै तामझामका साथ मंगलबार सुर्खेतका बाढीपीडितको आबास निर्माणका लागि बिशेष अभियान सुरु भएको घोषणा गरे पनि पीडितहरु भने विश्वस्त हुन सकेका छैनन् । पाँच बर्षसम्म सरकारले आश्वासन बाँडे पनि कार्यान्वयन गरेको उनीहरुको गुनासो छ । पाँच बर्षको अवधीमा विभिन्न सरकारहरुले आश्वासन मात्र दिएको पीडिको भनाई छ ।

विभिन्न समयमा आश्वासन पाए पनि कार्यन्वयन नभएकाले ढुक्क हुन नसकिएको बाढी पीडित संघषर््ा समितिका अध्यक्ष रामचन्द्र पुरीले बताए । ‘ढिलै भए पनि कर्णाली सरकारले बाढी पीडितका घर बनाउने निर्णय गरी अभियान सुरु गरे पछि केही आशा पलाएको छ’ उनले भने, ‘अब कार्यान्वयनको प्रक्रिया पनि चाँडो होस् भन्ने हाम्रो चाहाना छ ।’ उनले वीरेन्द्रनगरपालिकाले जग्गाको कित्ताकाट रोक पछि पनि पीडितले जग्गा किन्न नसकेको बताए ।

पाँच बर्षको अवधीमा स्थानीय, प्रदेश र संघीय चुनावमा राजनीतिक दलले बाढी पीडितलाई राहत र पुर्नस्थापनाको नारा लगाए पनि हालसम्म पुरा नभएकोले ढुक्क हुन नसकिएको पञ्चपुरी १० तातोपानीका बाढी पीडित जयबहादुर बि.कले बताए । ‘आश्वासन त धेरै पटक पायौ अब साँच्चै सरकारले घर बनाइदियो भने विश्वास गरौला’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ