बैशाख १८, काठमाडौं–अर्घाखाँचीमा सवारी दुर्घटना हुँदा नेकपा दाङका चार नेता घाइते भएका छन् ।

घाइतेहरुमा लक्ष्मण शर्मा, शिवकुमार आचार्य, मनोहर बुढाथोकी र शिवानन्द डाँगी रहेका छन्। घाइतेमध्ये बुढाथोकी र शर्माको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यद्यपि घाइते सबै खतरामुक्त रहेका छन् । मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु सवार बा १८ च १२५ नम्वरको कार अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ देउराली भन्ने स्थानमा ना ६ ख ४३४९ नम्वरको ट्रकसँग ठोक्किन पुगेको थियो ।