Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जङ्गलमा दुई शव फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख १९, भजनी ।</b> कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ ।उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउ“पालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ ।&nbsp;</p><p>शव परीक्षणका लागि धनगढी पठाइएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । शवमा कीरासमेत पर्न थालेकाले केही दिनअघि आत्मत्या गरेको हुनसक्ने बताइएको छ । केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमान्को कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भनी जानकारी गराएकी भन्दै केही व्यक्तिले खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुनसक्ने अनुमान गरिए पनि&nbsp; यकिन नभएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको उक्तकार्यालयले जनाएको छ । रासस</p>