2026-09-13 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

वैशाख २०, धनगढी । कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारकी २२ वर्षीया रुकसरा कुरैसीको हत्या गरेको आरोपमा उनका श्रीमान् साहवे आलमलाई पक्राउ गरिएको छ । 

अत्तरिया बजारमा भाडामा बसेर राँगा–भैँसीको कारोवार गर्दै आएका आलमले माइती पक्षबाट दाइजो नदिलाएको भन्दै श्रीमती रुकसराको हत्या गरेको आरोप लागेको छ । रुकसराका बुबा इस्लाम अहमद कुरैसीले छोरीको घरपरिवारका सदस्यको मिलेमतोमा दाइजो नदिलाएको निहुँमा हत्या गरिएको आरोप लागएका छन् । रुकसराको माइती घर नेपालगञ्ज हो । घाँटीमा निल डाम र जिब्रोमा घाउ रहेको अवस्थामा आज प्रहरीले उनको शव फेला पारेको थियो । 

घटनाको अनुसन्धान गर्न रुकसराका देवरलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । “दाइजो स्वरुप मोटरसाइकल र रु तीन लाख देउ भनेर घरमा हैरान पारे भनेर छोरीले फोन गरेकी थिइन”, रुकसराका बुबा कुरैसीले भन्नुभयो, “छोरीले फोन गरेको आधा घण्टापछि घरमै झुण्डिएर आत्महत्या गरेको भन्ने जानकारी दिइयो ।” 

रुकसराको हत्यामा घर परिवारका सदस्यको नै हात रहेको भन्दै कानूनी कारवाहीका लागि कुरैसीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको हो । मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ । रुकसराको नौ महीना अघि  विवाह भएको हो । भारतको नानपरा घर भएका आलम लामो समयदेखि अत्तरियामा मासुको व्यापार  गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले