2026-08-30 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीलाई सञ्चालक केन्द्रित नहुन आग्रह

वैशाख २१, सुर्खेत (रासस) | भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सहकारी संस्था सञ्चालक मात्र नभई शेयर सदस्य केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश एवं स्थानीय तहको भूमिका विषयक शुक्रबार वीरेन्द्रनगरमा आयोजित प्रादेशिक गोष्ठीमा उहाँले सहकारी क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न प्रदेश सरकारले प्रादेशिक सहकारी ऐन ल्याएको जानकारी दिनुभयो ।

उहाँले चालू आवमा सहकारी क्षेत्रले सञ्चालन गर्ने कार्यक्रममा ७० प्रतिशत अनुदान उपलब्ध गराएको बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवको ८० प्रतिशत बजेट सहकारीमैत्री बनाएको उहाँको भनाइ थियो । 

प्रत्येक जिल्लामा एक/एक गाउँलाई ‘सहकारी नमूना गाउँ’ शुरु गरिएको उहाँले जानकारी दिनुभयो । “यसका लागि प्रतिगाउँ एक करोड रुपैयाँ बजेट विनियोजन गरिसकेका छौँ”, मन्त्री केसीले भन्नुभयो, “राज्यको तीन खम्बे अर्थ नीतिभित्र रहेर सहकारीमार्फत् गरीबी निवारणका कार्यक्रम सञ्चालन गरिरहेका छौं ।”मन्त्री केसीले कर्मचारी समायोजनको असरले कर्णालीको बजेट कार्यान्वयनमा कठिनाइ भोग्नुपरेको बताउनुभयो । 

राष्ट्रिय सहकारी महासङ्घका केन्द्रीय अध्यक्ष केशवप्रसाद बडालले राज्यले बनाउने ऐन, कानूनका साथै बजेट, कार्यक्रम सहकारीमैत्री हुनुपर्नेमा जोड दिनुभयो । आजसम्म सञ्चालन हुने गोष्ठीमा कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहकारी अभियानकर्मी, सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधिको सहभागिता छ । गोष्ठीमा सहकारी महासङ्घका अध्यक्ष बडालले समृद्धिको यात्रामा प्रदेश, स्थानीय सरकार र सहकारीबीचको समन्वय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा डा उपेन्द्र कोइरालाले सहकारी क्षेत्रको प्रवद्र्धनमा औपचारिक शिक्षा तथा प्रदेश/स्थानीय सरकारसँग सहकार्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै सहकारी विभागका रजिष्ट्रार डा टोपराज पाण्डेले ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा सहकारीमैत्री कानून तथा नीतिहरु’ विषयक कार्यपत्र र प्रदेश तथा सहकारी ऐन, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाबीच समन्वय र सहकार्यका विषयमा समूहगत छलफल सत्र सञ्चालन हुने राष्ट्रिय सहकारी महासङ्घका नायब महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने