२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीलाई सञ्चालक केन्द्रित नहुन आग्रह

२१ बैशाख २०७६, शनिबार ०४:०२

वैशाख २१, सुर्खेत (रासस) | भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सहकारी संस्था सञ्चालक मात्र नभई शेयर सदस्य केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश एवं स्थानीय तहको भूमिका विषयक शुक्रबार वीरेन्द्रनगरमा आयोजित प्रादेशिक गोष्ठीमा उहाँले सहकारी क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न प्रदेश सरकारले प्रादेशिक सहकारी ऐन ल्याएको जानकारी दिनुभयो ।

उहाँले चालू आवमा सहकारी क्षेत्रले सञ्चालन गर्ने कार्यक्रममा ७० प्रतिशत अनुदान उपलब्ध गराएको बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवको ८० प्रतिशत बजेट सहकारीमैत्री बनाएको उहाँको भनाइ थियो । 

प्रत्येक जिल्लामा एक/एक गाउँलाई ‘सहकारी नमूना गाउँ’ शुरु गरिएको उहाँले जानकारी दिनुभयो । “यसका लागि प्रतिगाउँ एक करोड रुपैयाँ बजेट विनियोजन गरिसकेका छौँ”, मन्त्री केसीले भन्नुभयो, “राज्यको तीन खम्बे अर्थ नीतिभित्र रहेर सहकारीमार्फत् गरीबी निवारणका कार्यक्रम सञ्चालन गरिरहेका छौं ।”मन्त्री केसीले कर्मचारी समायोजनको असरले कर्णालीको बजेट कार्यान्वयनमा कठिनाइ भोग्नुपरेको बताउनुभयो । 

राष्ट्रिय सहकारी महासङ्घका केन्द्रीय अध्यक्ष केशवप्रसाद बडालले राज्यले बनाउने ऐन, कानूनका साथै बजेट, कार्यक्रम सहकारीमैत्री हुनुपर्नेमा जोड दिनुभयो । आजसम्म सञ्चालन हुने गोष्ठीमा कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहकारी अभियानकर्मी, सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधिको सहभागिता छ । गोष्ठीमा सहकारी महासङ्घका अध्यक्ष बडालले समृद्धिको यात्रामा प्रदेश, स्थानीय सरकार र सहकारीबीचको समन्वय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा डा उपेन्द्र कोइरालाले सहकारी क्षेत्रको प्रवद्र्धनमा औपचारिक शिक्षा तथा प्रदेश/स्थानीय सरकारसँग सहकार्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै सहकारी विभागका रजिष्ट्रार डा टोपराज पाण्डेले ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा सहकारीमैत्री कानून तथा नीतिहरु’ विषयक कार्यपत्र र प्रदेश तथा सहकारी ऐन, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाबीच समन्वय र सहकार्यका विषयमा समूहगत छलफल सत्र सञ्चालन हुने राष्ट्रिय सहकारी महासङ्घका नायब महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो