२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

घोडादौडमा सेनाका घिसिङको कीर्तिमान

२०७६, २१ बैशाख शनिबार ०४:०५

वैशाख २१. कास्की (रासस) | पाचौँ संस्करणको इक्विस्ट्रियन (घोडादौड)को हाइजम्प प्रतियोगितामा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

नेपाल इक्विस्ट्रियन सङ्घको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् र नेपाली सेनाको संयोजनमा पोखरास्थित फेवाताल किनारमा रहेको बाराहीघाट खेलमैदानमा शुक्रबार आयोजना गरिएको प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले पाँच फिट नौ इन्चको जम्पमा नयाँ कीर्तिमान बनाउँदै उपाधि जितेको हो ।  

यसभन्दा अघि रामहरि खड्काको नाममा रहेको पाँच फिट पाँच इन्चको कीर्तिमान यसपटक तोड्दै घिसिङले स्वर्ण पदकसहित नगद पुरस्कार रु २० हजार प्राप्त गरे । नेपाली सेनाकै राजेन्द्र थापाले रजत तथा करण चौधरीले कास्य पदकसहित नगद रु १५ हजार र १० हजार पुरस्कार पाए ।  प्रतियोगिताअन्तर्गत सोजोन इभेन्टको बाधा दूरी एक मिनेटमा पूरा गरेर नेपाली सेनाका ओमप्रकाश यादवले स्वर्ण पदक जिते ।

सेनाकै जगदीश घिमिरेले एक मिनेट १३ सेकेण्डमा पार गर्दै रजत र  मेघविक्रम खड्काले कास्य पदक पाए । उनीहरुले पनि जनही नगद रु २०, १५ र  १० हजार पुरस्कार पाए । टेण्ट पेगिङतर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुवेदार गोविन्दबहादुर खड्काले स्वर्ण पदक जितेका छन् भने नेपाली सेनाकै ओमप्रकाश यादवले रजत र लिलाराम खडकाले काश्य पदक जिते । उनीहरुले पनि क्रमशः नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र प्राप्त गरे । 

स्थानीय घोडा दौड ‘पोनी रेस’ तर्फ राज अधिकारीले स्वर्ण पदक जिते । उनले नगद रु १५ हजार प्राप्त गरे भने नवीन पुनले रजत जित्दै नगद रु १० हजार र रोहित गौतम कास्य पदका साथ नगद रु पाँच हजार प्राप्त गरे । विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, पश्चिम पृतनापती काजीबहादुर खत्री, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, नेपाल इक्वेस्ट्रीयन सङ्घका अध्यक्ष रविराज कर्णीकारले पदक तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी