२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पन्ध्रौँ शताब्दीदेखिको इतिहासको साक्षी कालाभैरव

२१ बैशाख २०७६, शनिबार १६:१५

वासुदेव पौडेल | वैशाख २१, पोखरा (रासस) | पर्यटकीय नगरी पोखरा नजिकैको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलमध्येको एक हो स्याङ्जा नुवाकोटस्थित कालाभैरव मन्दिर । पन्ध्रौँ शताव्दीको प्रारम्भतिर विसं १५१० मा मिन्चाखान (वास्तविक नाम अजय खान)ले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेका थिए । तत्कालीन समयदेखि नै एउटा महत्वपूर्ण शक्तिपीठका रुपमा कालाभैरवको पूजाअर्चना गर्दै आइएको पाइन्छ ।

‘नुवाकोट राज्य’ स्याङ्जा जिल्लाको उत्तरी भेगमा सदरमुकामबाट करीब १५ किमी उत्तर फेदीखोला गाउँपालिका–२ पौवेगौँगे नगरपालिका–५ र पुतलीबजार नगरपालिकाको त्रिवेणीमा अवस्थित समुद्री सतहबाट करीब एक हजार ९०० मिटरको उचाइमा अवस्थित छ ।

तत्कालीन राज्यको शिरमा रहेको कालाभैरवलाई अत्यन्त श्रद्धाभक्तिका साथ त्यही समयदेखि नै पूजाआजा गर्दै आइएको श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कालाभैरव आफैँ उत्पत्ति भएका हुन् । पहिला ढुङ्गा, माटोको ढिस्कोमा कालाभैरवको पूजा गरिन्थ्यो ।

विसं २०६८ अघिसम्म सानो पानीको ट्याङ्कीजस्तो मन्दिर बनाएर त्यसमा पूजा गर्ने गरिएकामा त्यसयता भने व्यवस्थित मन्दिर निर्माण गरी पूजाआजाको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । तत्कालीन शासकले १५औँ शताब्दीतिर कालाभैरवका साथै सुनकेशरी देवी, कालिका र चण्डीकादेवीको मूर्ति स्थापना गरी पूजाआजा गर्र्ने गरेको उहाँले जानकारी दिनुभयो ।

कालाभैरवको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका आधारमा स्याङ्जा र कास्की जिल्लाका साथै विभिन्न स्थानबाट भाकलसहित पूजाआजा गर्न आउने गरेको मन्दिरका पण्डित टेकप्रसाद अर्यालले जानकारी दिनुभयो । पण्डित अर्यालका अनुसार कालाभैरवको मूर्ति (शिला) प्राचीनकालदेखि छोपेर राखिएको छ । “उक्त शिलालाई हेर्न हुँदैन भन्ने जनविश्वास छ”, उहाँले भन्नुभयो, “वर्षको एकपटक प्रत्येक आश्विन शुक्ल अष्टमीको मध्यरात (कालरात्रि) मा पण्डितले आँखामा पट्टी बाँधेर भैरव शिलालाई सफा गर्ने प्रचलन छ ।”


इतिहासमा उल्लेख भएअनुसार तत्कालीन स्याङ्जा नुवाकोट राज्यको सिमाना पूर्वमा कृस्ति, निर्मलपोखरी, भरतपोखरी, कास्कीकोटसम्म, पश्चिममा पर्वतको लिमीथाना, देउपुर, बाजुङ, दुर्लुङ, उत्तरमा कास्कीको केही भाग र दक्षिणमा सतौँ, गह्रौँ, भीरकोटसम्म फैलिएको थियो ।

तत्कालीन स्याङ्जा नुवाकोट राज्यको महत्वपूर्ण शक्तिपीठ रहेका कारण तत्कालीन समयदेखि नै यस धार्मिक स्थलमा राज्यले चर्चेका भू–भागबाट दर्शनार्थी आउने गरेको सहजै अनुमान गर्न सकिन्छ । महत्वपूर्ण शक्तिपीठ भएर पनि काला भैरवको उचित प्रचारप्रसार हुन नसकेको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार दुर्गाबहादुर शाह (बाबा)ले बताउनुभयो ।

“एतिहासिक, धार्मिक एवं पुरातात्विक सबै किसिमबाट यसको विशिष्ट स्थान छ”, कस्केली अधिकृत समाजका अध्यक्षसमेत रहेका उहाँले भन्नुभयो, “कालाभैरव मन्दिरसहित समग्र स्याङ्जा नुवाकोट राज्यको प्रवद्र्धन गर्न सके धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छ ।”

विश्वमा नै ख्याती कमाएको पर्यटकीय नगरी पोखराको अत्यन्त नजिक रहेर पनि यसको प्रवद्र्धन हुन नसकेको अवस्थालाई दृष्टिगत गरी समाजको सक्रियतामा हालै यस क्षेत्रको प्रवद्र्धनात्मक भ्रमण गरिएको उहाँले जानकारी दिनुभयो । इतिहासको संरक्षण र संवद्र्धनको अभावमा धेरै ऐतिहासिक स्थलको गरिमा र महत्व सङ्कटमा पर्दै गएको वर्तमान अवस्थामा १५औँ शताब्दीदेखि अस्तित्वमा रहेको स्याङ्जा नुवाकोट राज्यसहित यहाँका कालाभैरवलगायतका धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षण र विकास अपरिहार्य देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै