२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पन्ध्रौँ शताब्दीदेखिको इतिहासको साक्षी कालाभैरव

२०७६, २१ बैशाख शनिबार १६:१५

वासुदेव पौडेल | वैशाख २१, पोखरा (रासस) | पर्यटकीय नगरी पोखरा नजिकैको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलमध्येको एक हो स्याङ्जा नुवाकोटस्थित कालाभैरव मन्दिर । पन्ध्रौँ शताव्दीको प्रारम्भतिर विसं १५१० मा मिन्चाखान (वास्तविक नाम अजय खान)ले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेका थिए । तत्कालीन समयदेखि नै एउटा महत्वपूर्ण शक्तिपीठका रुपमा कालाभैरवको पूजाअर्चना गर्दै आइएको पाइन्छ ।

‘नुवाकोट राज्य’ स्याङ्जा जिल्लाको उत्तरी भेगमा सदरमुकामबाट करीब १५ किमी उत्तर फेदीखोला गाउँपालिका–२ पौवेगौँगे नगरपालिका–५ र पुतलीबजार नगरपालिकाको त्रिवेणीमा अवस्थित समुद्री सतहबाट करीब एक हजार ९०० मिटरको उचाइमा अवस्थित छ ।

तत्कालीन राज्यको शिरमा रहेको कालाभैरवलाई अत्यन्त श्रद्धाभक्तिका साथ त्यही समयदेखि नै पूजाआजा गर्दै आइएको श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कालाभैरव आफैँ उत्पत्ति भएका हुन् । पहिला ढुङ्गा, माटोको ढिस्कोमा कालाभैरवको पूजा गरिन्थ्यो ।

विसं २०६८ अघिसम्म सानो पानीको ट्याङ्कीजस्तो मन्दिर बनाएर त्यसमा पूजा गर्ने गरिएकामा त्यसयता भने व्यवस्थित मन्दिर निर्माण गरी पूजाआजाको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । तत्कालीन शासकले १५औँ शताब्दीतिर कालाभैरवका साथै सुनकेशरी देवी, कालिका र चण्डीकादेवीको मूर्ति स्थापना गरी पूजाआजा गर्र्ने गरेको उहाँले जानकारी दिनुभयो ।

कालाभैरवको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका आधारमा स्याङ्जा र कास्की जिल्लाका साथै विभिन्न स्थानबाट भाकलसहित पूजाआजा गर्न आउने गरेको मन्दिरका पण्डित टेकप्रसाद अर्यालले जानकारी दिनुभयो । पण्डित अर्यालका अनुसार कालाभैरवको मूर्ति (शिला) प्राचीनकालदेखि छोपेर राखिएको छ । “उक्त शिलालाई हेर्न हुँदैन भन्ने जनविश्वास छ”, उहाँले भन्नुभयो, “वर्षको एकपटक प्रत्येक आश्विन शुक्ल अष्टमीको मध्यरात (कालरात्रि) मा पण्डितले आँखामा पट्टी बाँधेर भैरव शिलालाई सफा गर्ने प्रचलन छ ।”


इतिहासमा उल्लेख भएअनुसार तत्कालीन स्याङ्जा नुवाकोट राज्यको सिमाना पूर्वमा कृस्ति, निर्मलपोखरी, भरतपोखरी, कास्कीकोटसम्म, पश्चिममा पर्वतको लिमीथाना, देउपुर, बाजुङ, दुर्लुङ, उत्तरमा कास्कीको केही भाग र दक्षिणमा सतौँ, गह्रौँ, भीरकोटसम्म फैलिएको थियो ।

तत्कालीन स्याङ्जा नुवाकोट राज्यको महत्वपूर्ण शक्तिपीठ रहेका कारण तत्कालीन समयदेखि नै यस धार्मिक स्थलमा राज्यले चर्चेका भू–भागबाट दर्शनार्थी आउने गरेको सहजै अनुमान गर्न सकिन्छ । महत्वपूर्ण शक्तिपीठ भएर पनि काला भैरवको उचित प्रचारप्रसार हुन नसकेको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार दुर्गाबहादुर शाह (बाबा)ले बताउनुभयो ।

“एतिहासिक, धार्मिक एवं पुरातात्विक सबै किसिमबाट यसको विशिष्ट स्थान छ”, कस्केली अधिकृत समाजका अध्यक्षसमेत रहेका उहाँले भन्नुभयो, “कालाभैरव मन्दिरसहित समग्र स्याङ्जा नुवाकोट राज्यको प्रवद्र्धन गर्न सके धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छ ।”

विश्वमा नै ख्याती कमाएको पर्यटकीय नगरी पोखराको अत्यन्त नजिक रहेर पनि यसको प्रवद्र्धन हुन नसकेको अवस्थालाई दृष्टिगत गरी समाजको सक्रियतामा हालै यस क्षेत्रको प्रवद्र्धनात्मक भ्रमण गरिएको उहाँले जानकारी दिनुभयो । इतिहासको संरक्षण र संवद्र्धनको अभावमा धेरै ऐतिहासिक स्थलको गरिमा र महत्व सङ्कटमा पर्दै गएको वर्तमान अवस्थामा १५औँ शताब्दीदेखि अस्तित्वमा रहेको स्याङ्जा नुवाकोट राज्यसहित यहाँका कालाभैरवलगायतका धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षण र विकास अपरिहार्य देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी