२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कर्णालीमा कृषि तथ्याङ्क सङ्कलन गरिने

२०७६, २१ बैशाख शनिबार १७:०६

वैशाख २१, सुर्खेत (रासस) | कर्णाली प्रदेशका जिल्लामा कृषि तथ्याङ्क सङ्कलन गरिने भएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीको कृषि तथ्याङ्क सङ्कलन गर्न प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रसाशकीय अधिकृतसँग छलफल तथा अन्तरक्रिया गरेको छ । 

मन्त्रालयले आज स्थानीय तहसँग कृषि तथ्याङ्क सङ्कलन प्रशोधन, प्रविष्टि, अभिलेखीकरण र व्यवस्थापनसम्बन्धी कर्णालीका स्थानीय तहसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकोे हो । कर्णालीको कृषि अवस्थाको तथ्याङ्क लिनका लागि स्थानीय तहसँग अन्तरक्रिया गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताउनुभयो । स्थानीयस्तरको आधारभूत तथ्याङ्क सङ्कलन गरी प्रदेशको एकीकृत तथ्याङ्क  बनाउन  स्थानीय तहसँग अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो ।

मन्त्री केसीले अनलाइन सिस्टम र सप्टवेयरको विकास गरी कृषि तथ्याङ्कलाई व्यवस्थापन गरिने बताउनुभयो ।  “सबै स्थानीय तहमा एकरुपताका साथ सङ्कलन गरे मात्रै दोहोरोपन हुँदैन, यसले नीति तथा योजना निर्माणमा सहजता हुन्छ, त्यसैले प्रदेशभरिको विवरण थाहा पाउन एकरुपतामा काम खोजेको हौँ”, उहाँले भन्नुभयो । एकरुपतामा लिइएको विवरणले प्रदेशको नीति निर्माण गर्न सहजता हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले तीन तहका सरकारबीच उचित समन्वयबाट नीति तथा योजना निर्माण गरिने बताउनुभयो । सबै सरकारका  योजना निर्माणका लागि तथ्याङ्क महत्वपूर्ण हुने भएकाले सबै स्थानीय तहहरुले आफ्नो स्थानीय तहको तथ्याङ्कलाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रदेशले करोडमाथिका काम गर्ने

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री केसीले प्रदेश सरकारले रु एक करोडमाथिका काम गर्ने बताउनुभयो । उहाँले साना काम स्थानीय तहले, मध्यमखालका काम प्रदेश सरकार र ठूला काम सङ्घीय सरकारले गर्नुपर्ने बताउनुभयो । “सबैको समन्वयबाट काम गरेमात्रै दोहोरोपन हट्छ, एक जनाले धेरै ठाउँबाट अनुदान पाउँदैन र सबै नागरिकले अनुदान पाउँछन्”, उहाँले भन्नुभयो । स्थानीय तहको सुझावका आधारमा कर्णालीको कृषि कार्यक्रम तथा योजना निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते