२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दुई स्थानीय तहमा खषभाषा पढाइ हुने

२०७६, २१ बैशाख शनिबार १७:३०

वैशाख २१, जुम्ला (रासस) | यहाँका दुई स्थानीय तहमा खष भाषामा पठनपाठन हुने भएको छ । आठ स्थानीय तहमध्ये सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय खषभाषामा पढाइ हुने भएको हो । 

लोपोन्मुख अवस्थामा रहेको यहाँको खषभाषालाई संरक्षण सम्वद्र्धन गर्न स्थानीय तहले पाठ्यक्रम तयार गरेर पठनपाठनको थालनी गर्ने भएका हुन् । सिञ्जाका अध्यक्ष देवलसिंह रावलका अनुसार सङ्घीयतापछि स्थानीय तह कार्यान्वयनमा आएपछि यहाँका विद्यालयमा खषभाषामा पठनपाठन गर्ने भएको छ । उहाँले सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको खषभाषा देशभरी फैलिए पनि अहिले लोपोन्मुख अवस्थामा रहेको बताउनुभयो ।

स्थानीय तहमै खषभाषाको पाठ्यक्रम तयार गरेर पठनपाठन गर्ने योजना अनुसार काम भइरहेको उहाँले जानकारी दिनुभयो । पाठ्यपुस्तक तयार गरी छपाइको काम भइरहेको छ । तातोपानीले एकदेखि कक्षा तीनसम्मको पाठ्यपुस्तक तयार गरी छपाइ कार्य शुरु गरेको छ । पाठ्यपुस्तक छाप्ने काम भइरहेकाले जेठ पहिलो हप्ताबाट विद्यालयमा पुस्तक वितरण गरी पढाइ शुरु गर्ने कार्ययोजना रहेको तातोपानीका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । 

यहाँ रहेका ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली पाठ्यपुस्तकमा समावेश गरिएको उहाँले बताउनुभयो । “चार र पाँच कक्षाको पनि पाठ्यपुस्तक तयार हँुदैछ”, उहाँले भन्नुभयो, “अहिले यो वर्ष एकदेखि तीन कक्षासम्म पढाइ हुने छ ।” कला–संस्कृति, धार्मिक स्थल, भूगोल, इतिहास, धार्मिक सम्पदा, जडीबुटी र खेलकूद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी गर्न स्थानीय पाठ्यक्रम समावेश गरिएको बताइएको छ । यहाँका २८ सामुदायिक विद्यालयमा स्थानीय खषभाषामा पठनपाठन गरिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल