२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी विमानस्थलमा हवाई सेवा बन्द

२०७६, २२ बैशाख आईतवार १०:०४

वैशाख २२, धनगढी (रासस) | सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले आजबाट एक महीनाका लागि बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताउनुभयो । 

एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गमध्ये आठ सय मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुनःनिर्माण गर्न लागिएको छ । यस्तै पार्किङ क्षेत्रमा दुई वटा जहाज एक साथ अड्याउने व्यवस्था रहेकामा एकसाथ चार वटा जहाज पार्किङ गर्न सकिने गरी पार्किङ क्षेत्रको विस्तार गर्न लागिएको बताइएको छ । 

 आगामी जेठ महीनाको २१ गते पछि मात्र विमानस्थलमा हवाई सेवा शुचारु हुने बताइएको छ । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो विमानस्थाल धनगढी विमानस्थल हो । झण्डै रु १८ करोडको लागतमा विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र निर्माण एवं स्तरोन्नति गर्नका लागि विभिन्न तीन वटा निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको बताइएको छ । 

धनगढी विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ धनगढीसम्मको हवाई सेवा उपलब्ध गराइरहेकामा निजी क्षेत्रको बुद्ध एयर र श्री एयरलायन्सले काठमाडौँ धनगढीका लागि दैनिक चार उडान भर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला