३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले भिडियो च्याट एप बन्द गर्दै, कहिलेसम्म चल्छ ?

२३ बैशाख २०७६, सोमबार १०:५०

बैशाख २३, काठमाडौं | फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो ।

द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।

फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द गर्दैछौं । हामीले यसबाट जे सिक्यौं त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य प्रडक्टहरुमा सामेल गर्नेछौं ।’

मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन् ।

फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन