२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा सांसद महेश बस्नेतद्वारा तीन सडकको शिलान्यास

२०७६, २५ बैशाख बुधबार १६:४२

वैशाख २५, भक्तपुर । सांसद महेश बस्नेतले आज एकै दिन कूल रु ११ करोड ८० लाखको लागतमा निर्माण हुन लागेका तीन सडकको शिलान्यास गर्नुभएको छ । 

उहाँले सूर्यविनायक नगरपालिका–७ गुण्डू पीपलडाँडा बसपार्क सडक, गुण्डु ओरालोदेखि तीनधारे सडक र पलासेबाट काँक्राबारी सडकको आज शिलान्यास गर्नुभएको हो । एचआरभी कन्सट्रक्सनले रु पाँच करोडको लागतमा १४ मिटर चौडा सडक निर्माण गर्ने भएको हो । त्यस्तै समानान्तर ग्रिन पिस आर ए विल्डर्सले रु पाँच करोडको लागतमा २६ फिट चौडाइ सडक निर्माण गर्ने भएको छ । पलासेबाट काँक्राबारीसम्मको आठ मिटर चौडाइको सडक रु एक करोड तथा  सूर्यविनायक नगरपालिका र काठमाडौँ नगर विकासको रु ८० लाखको सहयोगमा निर्माण हुने भएको छ ।  

सांसद बस्नेतले जडीबुटीस्थित बेलिब्रिजको निर्माणले काठमाडौँतर्फको करिडोर कालोपत्रसहित बालकुमारीसम्म निर्माण सम्पन्न हुने बताउनुभयो । कोटेश्वरमा अण्डरपास र मनोहरा नदीको दायाँबायाँ चार लेनको सडक निर्माणको प्रक्रिया पनि अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले राधेराधेदेखि बालकुमारीसम्मको हनुमन्ते करिडोर निर्माण सम्पन्न गरी आगामी तीन वर्षभित्रमा यसलाई अरनिको राजमार्गको वैकल्पिक मार्गका रुपमा प्रयोगमा ल्याइने बताउनुभयो । मनोहरा र हुनमन्ते नदीको करिडोर निर्माणका लागि अर्थ मन्त्रालयले बहुवर्षीय योजनामा समावेश गरेको र आगामी वर्ष हनुमन्ते तथा मनोहरा करिडोरका लागि कम्तीमा रु एक–एक अर्ब बजेट आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली