2026-08-24 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चियाखेती सिक्न पाखा-पाखामा किसान

वैशाख ३०, इलाम | गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । 

गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक रूपले इलामसँग मिल्दाजुल्दा जिल्लाका अगुवा किसान चियाखेती सिक्नका लागि यहाँ आइपुगेका छन् । 

केही दिन अघिमात्रै ललितपुर र रामेछापका २१ किसानले यहाँका बगानमा चिया खेती सिक्न आए । ललितपुरका नौ र रामेछापका एक गरी १० वटा चिया सहकारीका अगुवा सदस्य चिया खेती सिक्न र अवलोकनका लागि इलाम आएका थिए । उनीहरूलाई चिया खेतीसम्बन्धी सैद्धान्तिक ज्ञानसहित, रोपणशैलीका बारेमा जानकारी गराइएको थियो ।  

केही वर्ष अघि यहाँबाटै चियाको बिरुवा लगेर खेती शुरु गरेका किसानले बजारीकरणको बारेमा थाहा पाउन इलाम आएका हुन् । बजारीकरण राम्रो नहुँदा चिया बेच्नै समस्या परेकाले बुझ्नका लागि इलाम आएको ललितपुरका चिया किसान पुरुषोत्तम तिम्सिनाले जानकारी दिनुभयो । 

तिम्सिनाका अनुसार इलामकै एक व्यक्तिबाट २०६८ सालतिर चियाको बिरुवा ललितपुरमा लगेर खेतीको बारेमा जानकारी गराइएको थियो । सामान्य खेती हुन थालेपछि अरु बिरुवा पनि निर्यात गरेर ललितपुरमा पनि अहिले व्यावसायिक रूपमा चिया उत्पादन हुन थालेको तिम्सिनाको भनाइ छ ।  

“हामीले इलामको भ्रमणपश्चात् प्याकेजिङ र बजारीकरणका बारेमा धेरै थाहा पायौं”, तिम्सिनाले भन्नुभयो, “प्याकेजिङ राम्रो नहुँदा हाम्रो चिया बिक्न समस्या थियो । त्यो कुरा इलाम भ्रमणबाट थाहा भयो । बजारीकरणका लागि पनि भारत निर्यात गर्न हामीलाई सहयोग भयो ।”

आफ्नै संस्थाको सहयोगबाट धेरै जिल्लाका किसानलाई चिया सिकाउने काम वर्षेनी गरिँदै आएको केन्द्रीय चिया सहकारी सङ्घ इलामका अध्यक्ष गोविन्द दाहालले जानकारी दिनुभयो । “हामीले वर्षेनी स्थानीय निकायसँग समन्वय गरेर विभिन्न जिल्लाका किसानलाई चिया अवलोकन र चियाखेती विस्तार गर्न इच्छुकलाई इलाम भ्रमणको निम्तो दिन्छाँै ।” दाहालले भन्नुभयो, “त्यसका लागि हामी आफैँ भाडा दिने र तालीमसमेत प्रदान गर्छौं ।”

चियाखेती सिक्न इलामका पाँच वटा उद्योगमा किसानले भ्रमण गरेका थिए । उनीहरूले देउमाई शान्तिडाँडा राँकेटारको उच्च पहाडी चिया सहकारी, इलाम साखेजुङको ग्रीन हिल चिया सहकारी, सूर्योदय फिक्कलको इलामेली चिया सहकारी र कन्यामको कन्याम चिया सहकारी, सन्दकपुरको सानीमाई चिया सहकारीका साथै चिया विस्तार योजना फिक्कलमा भ्रमण गरेका थिए । 

पछिल्लो समय चियाखेती सिक्नका लागि इलाम आउने किसानको सङ्ख्या उल्लेखनीय रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । विभिन्न संस्थाबाट सहयोग पाउन थालेपछि मकवानपुर, ललिपुर, सोलुखुम्बु, सिन्धुपाल्चोक र भक्तपुरबाट १०० भन्दा बढीको सङ्ख्यामा खेती सिक्न आउने गरेको उहाँको भनाइ छ ।

केन्द्रीय चिया सहकारी सङ्घ लि नेपालको आयोजनामा भएको अवलोकन सिकाइ भ्रमणले सहभागीमा चिया खेतीको विकास विस्तारमा थप ऊर्जा मिलेको र इलामको पर्यटनमा समेत सहयोग पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिनुभयो । केन्द्रीय चिया सहकारी सङ्घ लि नेपालले इलामको शेरामा आफ्नै भवन निर्माण गरी देशभरका चिया सहकारीमार्फत् चिया खेतीको विकास र विस्तारमा सहयोग गर्नका साथै चिया किसानको भूमिका परिर्वतनका लागि वस्तुको मूल्य शृङ्खलाको उत्पादनबाट प्रशोधन र बजारीकरणमा प्रवेश गराउनमा लागि परेको सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन