2026-06-27 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेत सिटी बसपार्क निर्माण पूरा

नगर गौरवको आयोजनाका रुपमा सञ्चालित सुर्खेत सिटी बसपार्क निर्माण पूरा भएको छ । 

पटक–पटकको म्याद थपसँंगै निर्माण कम्पनीले चार वर्ष लगाएर अत्याधुनिक संरचनासहितको बसपार्क निर्माण गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक शाखाले निर्माण पूरा भए पनि ठेकेदारलाई अन्तिम किस्ता रकम भुक्तानी गर्न बाँकी रहेको छ । निर्माण कम्पनी चाङ्मिला–नरसिंह जेभी दार्चुलाले केही दिनभित्रै नगरपालिकालाई आयोजना हस्तान्तरणको तयारी गरेको छ ।

 आयोजना छिटो सम्पन्न गर्न नगरपालिकाले विशेष चासो दिएको थियो । नगरप्रमुख देवकुमार सुवेदीले छिटोभन्दा छिटो बसपार्क निर्माण गर्न ठेकेदारलाई पटक–पटक चेतावनी दिएको बताउनुभयो । 

“प्रदेश राजधानीमै व्यवस्थित बसपार्क नहुँदा समस्या थियो, खबरदारी नभएको भए ठेकेदारले अलपत्रै छाड्ने स्थिति थियो”, उहाँले भन्नुभयो, “बसपार्क निर्माणपछि मङ्गलगढी चोकलाई विस्तार र व्यवस्थित गरिनेछ ।” मुख्यबजार प्रवेश गर्ने स्थानमै बसपार्क सञ्चालनमा ल्याइदा नगर क्षेत्रको सुन्दरता बिगे्रको भन्दै आलोचना भएको थियो । 

निर्माण कम्पनी चाङ्मिला–नरसिंह जेभी तथा नगर विकास समितिबीच विसं २०७२ माघमा सम्झौता भएको थियो । पन्ध्र महीनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीले चार वर्ष लगाएर सिटी बसपार्क पूरा गरेको हो । रु छ करोड ८३ लाखको लागतमा  बनेको अत्याधुनिक बसपार्कमा ६४ व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, टर्मिनल भवन, टिकट काउन्टरलगायत संरचना छन् । करीब चार हजार ५०० वर्गमिटर क्षेत्रफल रहेको बसपार्कको क्षमता साना–ठूला गरी १२० बस अटाउने रहेको छ ।

नगर विकास कोषको ऋण सहयोगमा बसपार्क निर्माण गरिएको यातायात व्यवसायी समितिका निवर्तमान सचिव रमेश सापकोटाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो