जेठ १ जुम्ला
जेठ १ जुम्ला । जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो । स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन गरेको हो । जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ । खाली जमीनमा बढी स्याउ खेती गर्ने कृषकलाई विशेष प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्ने स्याउ सुपरजोनको लक्ष्य छ । जिल्लाका तीन गाउँपालिका र एक नगरपालिकाका कृषकले स्याउ खेतीका लागि सुपरजोनबाट सहयोग लिने व्यवस्था छ । कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको कार्यालय प्रमुख टीकाराम शर्माले बताउनुभयो । जुम्लालाई स्याउ ब्लक क्षेत्रका रुपमा विकास गर्नुपर्ने प्रमुख शर्माले जानकारी दिनुभयो । कृषकले माग गरेको योजनालाई सुपरजोनले सम्बोधन गर्ने बताइएको छ । स्याउको बजारीकरणमा ध्यान दिनुपर्ने कृषकको सुझाव छ । स्याउ सुपरजोन सञ्चालक समितिका संयोजक मीनबहादुर डाँगीले कृषकको मागमा आधारित भएर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जिल्लालाई स्याउ पकेट क्षेत्रका रुपमा विकास गर्न कृषक नै बढी सक्रिय हुन आवश्यक रहेको उहाँको भनाइ छ । जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउको बगैँचा रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ भने यस वर्ष करीब रु ३३ करोडको स्याउ बिक्री वितरण भएको थियो ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाइने
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार