2026-09-07 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

असारदेखि विदेश जानेलाई तालिम अनिवार्य, कुन तालिम लिन कति शुल्क लाग्छ ?

जेठ २, काठमाडौँ | वैदेशिक रोजगार विभागले आगामी असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारमुलक सीप बिकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार विभागले आगामी असार १५ पछि वैदेशिक रोजगारमा जाने कामदारहरुका लागि सीपमूलक तालिम प्रमाण पत्र (स्किल सर्टिफिकेट) अनिवार्य गर्न लागेको हो ।

सीपमूलक तालिमलाई नियमित र व्यवस्थित गरी न्यूनतम सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको नीति रहेको भन्दै विभागले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएको बताएको छ ।

सीपमूलक कामको लागि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिनु अघि बैदेशिक रोजगार बिभागबाट स्वीकृति प्राप्त तालिम प्रदायक संस्थाद्वारा दिइने सम्बन्धित विषयको तालिम लिएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने भएको छ । कम्तीमा तीस कार्य दिन (कूल १६० घण्टा) को कोर्ष हुने तालिमका लागि प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी कडाई गरिने बताइएको छ ।

तालिम सञ्चालनका संस्थापक वा एकजना संचालक कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको र सम्बन्धित तालिमको विषयमा कम्तीमा एक वर्ष अनुभव भएको हुनुपर्ने योग्यता पनि तोकिएको छ ।

सूचीकृत संस्थाले नियमावलीले तोके बमोजिमको धरौटी र अनुमति दस्तुर विभागमा बुझाउनुपर्नेछ । एउटा तालिम प्रदायक संस्थालाई एक स्थानीय तहमा बढिमा पाँचवटा विषयमा तालिम संचालनको लागि अनुमति दिईने छ ।

बिभिन्न ८ तालिम शिर्षकमा तालिम दिन सकिने र त्यसको कर सहित कति लिन पाउने भन्ने समेत तोकिएको छ । सचिवालयको गत माघ १३ गतेको निर्णय अनुसार हाउस पेन्टिंग, प्लम्बर, कुक, सेक्युरिटी गार्ड, मेसन, वेटर तथा वेट्रेस, स्टिल फिक्चर्स र हाउस किपिङ गरि ८ विधामा तालिम दिईने छ जसको पाठ्यक्रम समेत बनिसकेको छ ।

कुन तालिम लिन कति शुल्क ? (भ्याट सहित)  

१. हाउस पेन्टिंग – रु. १२,२४९ रुपयाँ २० पैसा 

२. प्लम्बर – रु. १३,२४९ रुपयाँ ८० पैसा 

३. कुक – रु. १४,४९६ रुपयाँ २१ पैसा 

४. सेक्युरिटी गार्ड – रु. १२,२९७ रुपयाँ ४९ पैसा 

५. मेसन – रु. १२,०२७ रुपयाँ ४९ पैसा 

६. वेटर तथा वेट्रेस – रु. १२,६१६ रुपयाँ ११ पैसा 

७. स्टिल फिक्चर्स – रु. १३,१४७ रुपयाँ ५५ पैसा 

८. हाउस किपिङ – रु. १२,०२९ रुपयाँ ७० पैसा 

बैदेशिक रोजगारी सम्बन्धि सम्पूर्ण जानकारी लिन ‘बैदेशिक रोजगार’ मोबाइल एप डाउनलोड गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित