२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उच्च अदालत सुर्खेतको आदेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

४ जेष्ठ २०७६, शनिबार ०९:००

जेठ ४, काठमाडौँ | ईजाजतपत्र प्राप्त मदिराजन्य पदार्थको पेशा व्यवसायमा रोक नलगाउन उच्च अदालत सुर्खेतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले उच्च अदालतको आदेश निवेदनको पूर्ण टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो । 

जिल्ला समन्वय समितिको निर्णयमा समाजको वृहत्तर हितलाई ध्यानमा राखी वैधानिकरूपमा अनुमति लिई मदिराजन्य पदार्थ उत्पादन, बिक्री वितरणलाई व्यवस्थित गर्ने र मापदण्डविपरीत भएको पाइएमा बन्द गराउने भन्ने उल्लेख भएको देखिएकाले इजाजतपत्र प्राप्त मदिरा व्यवसायमा रोक नलगाउन उच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ । 

मदिराका कारण जिल्लामा आपराधिक गतिविधिमा वृद्धि भएको भन्दै यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमले गत माघ ५ गते जिल्लामा मदिरा व्यवस्थापन गर्न मदिरा आयात, उत्पादन र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार माघ ६ गतेबाट जिल्लामा मदिरा आयात बन्द भएको थियो भने गत फागुन १६ गतेबाट मदिरा बिक्री वितरण तथा सेवनमा रोक लागेको थियो । 

निर्णय खारेजको मागसहित मदिरा व्यवसायीले दिएको मुद्दामा गत फागुन ३० गते उच्च अदालत सुर्खेतले मदिरा व्यवसाय सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले उक्त आदेश कार्यान्वयन नगर्न आदेश दिएपछि अब जिल्ला समन्वय समितिले गरेको निर्णय कार्यान्वयन हुने समितिका प्रमुख राजकुमार शर्माले बताउनुभयो । 

मदिरा व्यवसायी सङ्घले वैधानिकरूपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । सङ्घका अध्यक्ष नवीन खड्काले भन्नुभयो, “अदालतले भनेको हामी मान्छौँ, हामीलाई विश्वास छ, इजाजतपत्र प्राप्त व्यवसाय सञ्चालनका लागि अदालतले फैसला गर्ने छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो