2026-08-26 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेको अपिल – ‘जति सकिन्छ सहयोग गरौँ’

जेठ ५, काठमाडौँ | नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले चितवनमा बन्न लागेको रंगशाला समयमै बनाउनको लागि सबैसँग सहयोगको अपिल गरेका छन् । आईपीएल सकेर स्वदेशमै रहेका सन्दिपले चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सन्दिपले अहिले नेपालको खेल मैदानहरुको स्थिति निकै नाजुक रहेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय मैदान निर्माणको काम पनि अधुरो नरहोस् भन्ने कामना गरे । 

सन्दिपले खेलाडीलाई आवश्यक पर्ने सुविधाहरु नेपालको कुनै पनि खेल मैदानमा नरहेको भन्दै अब बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय खेल मैदानमा ति सबै कुरा पाइने बताए । उनले यस्तो मैदानको निर्माण पछी क्रिकेटबाटै नेपाललाई बिश्व सामु चिनाउन सकिने बताए । उनले भने ‘दु:ख लाग्छ कि अहिले हामी खेलाडीलाई चाहिने केहि पनि वातावरण छैन । चितवनमै जहाँ मैले क्रिकेट खेल्न सिके, अहिले क्रिकेट स्टेडीयम बन्दैछ र त्यो बन्दैछ भन्ने मात्र नहोस् । अब यो कति छिटो बनाउन सक्ने हो हाम्रै हातमा छ ।’ 

क्रिकेटर सन्दिपले चितवनमा बन्न लागेको खेल मैदानको लागि जति सकिन्छ सहयोग गर्न अपिल गरे । उनले सामाजिक संजाल प्रयोगकर्तालाई जति सकिन्छ यस सम्बन्धि सहयोगको लागि पोष्ट गरिदिन अनुरोध गरे । 

फरक सन्दर्भमा नेपालको खेल मैदानहरुको अवस्थालाई इंगिद गर्दै लामिछानेले नेपालमा बनेका कति स्टेडियमहरु बन्दै गरेको तर पुरा हुन नसकेको अवस्थामा मात्र रहेको बताए । उनले भने ‘म टियु ग्राउन्डमा २०१५ मा छिर्दा ठीकै खालको थियो तर अहिले आएर हेर्दा त्यहाँको अवस्था कस्तो भईसकेको छ एउटा प्लेयरले बाहेक कसैले पनि बुझ्न सक्दैन ।’ उनले थपे ‘कतिपय खेलाडीहरु त्यहि ग्राउण्डमा गएर घाइते भएर पनि आउँछ तर पनि सानो हासो लिएर, कुनै माग नराखी त्यहि मैदानमा खेल्दैछ, नेपालको नाम चिनाउदै छ ।’ उनले देशमै खेलाडीलाई राम्रो वातावरण दिएको भए अझै राम्रो गर्न सक्ने बताए । उनले आफ्नै देशमा राम्रो वातावरण हुने हो भने विदेशका ठूला ठूला फ़्रेन्चाइज खेलहरुलाई टक्कर दिन सक्ने दावी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग