2026-10-21 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेको अपिल – ‘जति सकिन्छ सहयोग गरौँ’

जेठ ५, काठमाडौँ | नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले चितवनमा बन्न लागेको रंगशाला समयमै बनाउनको लागि सबैसँग सहयोगको अपिल गरेका छन् । आईपीएल सकेर स्वदेशमै रहेका सन्दिपले चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सन्दिपले अहिले नेपालको खेल मैदानहरुको स्थिति निकै नाजुक रहेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय मैदान निर्माणको काम पनि अधुरो नरहोस् भन्ने कामना गरे । 

सन्दिपले खेलाडीलाई आवश्यक पर्ने सुविधाहरु नेपालको कुनै पनि खेल मैदानमा नरहेको भन्दै अब बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय खेल मैदानमा ति सबै कुरा पाइने बताए । उनले यस्तो मैदानको निर्माण पछी क्रिकेटबाटै नेपाललाई बिश्व सामु चिनाउन सकिने बताए । उनले भने ‘दु:ख लाग्छ कि अहिले हामी खेलाडीलाई चाहिने केहि पनि वातावरण छैन । चितवनमै जहाँ मैले क्रिकेट खेल्न सिके, अहिले क्रिकेट स्टेडीयम बन्दैछ र त्यो बन्दैछ भन्ने मात्र नहोस् । अब यो कति छिटो बनाउन सक्ने हो हाम्रै हातमा छ ।’ 

क्रिकेटर सन्दिपले चितवनमा बन्न लागेको खेल मैदानको लागि जति सकिन्छ सहयोग गर्न अपिल गरे । उनले सामाजिक संजाल प्रयोगकर्तालाई जति सकिन्छ यस सम्बन्धि सहयोगको लागि पोष्ट गरिदिन अनुरोध गरे । 

फरक सन्दर्भमा नेपालको खेल मैदानहरुको अवस्थालाई इंगिद गर्दै लामिछानेले नेपालमा बनेका कति स्टेडियमहरु बन्दै गरेको तर पुरा हुन नसकेको अवस्थामा मात्र रहेको बताए । उनले भने ‘म टियु ग्राउन्डमा २०१५ मा छिर्दा ठीकै खालको थियो तर अहिले आएर हेर्दा त्यहाँको अवस्था कस्तो भईसकेको छ एउटा प्लेयरले बाहेक कसैले पनि बुझ्न सक्दैन ।’ उनले थपे ‘कतिपय खेलाडीहरु त्यहि ग्राउण्डमा गएर घाइते भएर पनि आउँछ तर पनि सानो हासो लिएर, कुनै माग नराखी त्यहि मैदानमा खेल्दैछ, नेपालको नाम चिनाउदै छ ।’ उनले देशमै खेलाडीलाई राम्रो वातावरण दिएको भए अझै राम्रो गर्न सक्ने बताए । उनले आफ्नै देशमा राम्रो वातावरण हुने हो भने विदेशका ठूला ठूला फ़्रेन्चाइज खेलहरुलाई टक्कर दिन सक्ने दावी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ