२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमही–कोइलाबास सडक खण्ड: मुआब्जा वितरणमा विभेद गरेको भन्दै सडक निर्माण अवरुद्ध

२०७६, ५ जेष्ठ आईतवार १७:१२

जेठ ५, दाङ | हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक खण्डको बोधिपुर क्षेत्रका नागरिक आफूहरुलाई मुआब्जा वितरणमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । 

हुलाकी सडक कार्यालय नेपालगञ्जले मुआब्जा वितरणमा विभेद गरेको भन्दै आज बिहानदेखि स्थानीयले सडक निर्माण कार्य अवरुद्ध गरेका हुन् । राप्ती नदीको पुलको दक्षिणतर्फ रहेको पूर्णगिरी बालुवा प्रशोधन केन्द्रदेखि दक्षिणतर्फ सिक्रहवा पुल पुग्नुअघिको कल्भर्टसम्मको जग्गाको मुआब्जा वितरणमा विभेद भएको भन्दै  बिहानैदेखि बोधीपुरमा ड्रम तथा काठका मुढा राखेर सडक अवरुद्ध पारेको स्थानीय अनुपकुमार थापाले बताउनुभयो । 

सो क्षेत्रभित्रको मुआब्जा रु ५०० प्रतिवर्गमिटर कायम गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उहाँको भनाइ छ । “यहाँको मुआब्जा एकदमै कम भयो, यस अघि रु २५० रुपैँया मात्रै थियो, तर त्यसलाई बढाएर पनि ५०० सय मात्रै बनायो”, उहाँले भन्नुभयो, “यो एकदमै न्यून हो, त्यसैले हामीले उचित मुआब्जा पाउनुपर्ने माग राखेर सडक अवरुद्ध गरेका हौँ ।” 

सोही सडकखण्डअन्तर्गत चैलाहीमा प्रतिवर्गमिटर रु तीन हजार ६०० तथा गढवा क्षेत्रमा प्रति वर्गमिटर रु एक हजार ३०० रहेको भन्दै सोही दरमा आफूहरुले मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ । आफ्ना मागमा सुनुवाइ नभए सोमबारदेखि राप्तीपुलमै धर्ना दिएर यातायात ठप्प पार्ने स्थानीयको भनाइ छ । 

मुआब्जा वितरवणकै कारणले त्यहाँको सडक निर्माणको कार्यले तीव्रता लिन सकिरहेको छैन् । अहिलेसम्म करीब २० किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । अधिकांश ठाउँमा मुआब्जा वितरण नहुँदा समस्या भएको इञ्जिनीयर मुकेशकुमार शाहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ