२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमही–कोइलाबास सडक खण्ड: मुआब्जा वितरणमा विभेद गरेको भन्दै सडक निर्माण अवरुद्ध

५ जेष्ठ २०७६, आईतवार १७:१२

जेठ ५, दाङ | हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक खण्डको बोधिपुर क्षेत्रका नागरिक आफूहरुलाई मुआब्जा वितरणमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । 

हुलाकी सडक कार्यालय नेपालगञ्जले मुआब्जा वितरणमा विभेद गरेको भन्दै आज बिहानदेखि स्थानीयले सडक निर्माण कार्य अवरुद्ध गरेका हुन् । राप्ती नदीको पुलको दक्षिणतर्फ रहेको पूर्णगिरी बालुवा प्रशोधन केन्द्रदेखि दक्षिणतर्फ सिक्रहवा पुल पुग्नुअघिको कल्भर्टसम्मको जग्गाको मुआब्जा वितरणमा विभेद भएको भन्दै  बिहानैदेखि बोधीपुरमा ड्रम तथा काठका मुढा राखेर सडक अवरुद्ध पारेको स्थानीय अनुपकुमार थापाले बताउनुभयो । 

सो क्षेत्रभित्रको मुआब्जा रु ५०० प्रतिवर्गमिटर कायम गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उहाँको भनाइ छ । “यहाँको मुआब्जा एकदमै कम भयो, यस अघि रु २५० रुपैँया मात्रै थियो, तर त्यसलाई बढाएर पनि ५०० सय मात्रै बनायो”, उहाँले भन्नुभयो, “यो एकदमै न्यून हो, त्यसैले हामीले उचित मुआब्जा पाउनुपर्ने माग राखेर सडक अवरुद्ध गरेका हौँ ।” 

सोही सडकखण्डअन्तर्गत चैलाहीमा प्रतिवर्गमिटर रु तीन हजार ६०० तथा गढवा क्षेत्रमा प्रति वर्गमिटर रु एक हजार ३०० रहेको भन्दै सोही दरमा आफूहरुले मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ । आफ्ना मागमा सुनुवाइ नभए सोमबारदेखि राप्तीपुलमै धर्ना दिएर यातायात ठप्प पार्ने स्थानीयको भनाइ छ । 

मुआब्जा वितरवणकै कारणले त्यहाँको सडक निर्माणको कार्यले तीव्रता लिन सकिरहेको छैन् । अहिलेसम्म करीब २० किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । अधिकांश ठाउँमा मुआब्जा वितरण नहुँदा समस्या भएको इञ्जिनीयर मुकेशकुमार शाहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो