2026-09-13 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुविविका सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी

जेठ ७ लम्की । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा प्राध्यापक र कर्मचारीले सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् । विश्वविद्यालयअन्तर्गतका शिक्षक कर्मचारीले आफूहरुले तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

सरकारको निर्णयानुसार समायोजन गरेका १४ क्याम्पसमा कार्यरत २१७ शिक्षक कर्मचारीले विगत ११ महीनादेखि तलब पाएका छैनन् । “राजनीतिक दाउपेचको शिकार बनेको सुदूरपश्चिम विश्वविद्यालय पछिल्लो पटक यस्तै अस्थिरताका कारण सङ्कटमा परेको छ”, सुप विश्वविद्यालय प्राध्यापक सङ्घ टीकापुर बहुमुखी क्याम्पस एकाइ समितिका सभापति रामप्रसाद तिवारीले भन्नुभयो । उहाँले विश्वविद्यालयको आङ्गिक टीकापुर बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा आज सङ्घले तालाबन्दी गरेको बताउनुभयो ।” 

एकाइ समितिका सभापति तिवारीले यसै आर्थिक वर्षको साउन १ गतेदेखि १४ क्याम्पसमा समायोजन नियुक्ति पाएका शिक्षक कर्मचारीको तलबभत्तालगायतको बजेट विश्वविद्यालयसभाबाट पारित भएता पनि हाल नपाएकाले तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो । “एक हप्तामा समस्या समाधान नगरिए क्याम्पसको प्रशासनिक तथा शैक्षिक क्रियाकलाप बन्द गर्छौं”, तिवारीले भन्नुभयो ।

सुदूर पश्चिम विश्वविद्यालयका निमित्त रजिष्ट्रार डा गोविन्दसिंह विष्ट भने विश्वविद्यालय सभाको बैठकपछि समायोजनका सबै समस्या समाधान हुने बताउनुहुन्छ । डा विष्टले विश्वविद्यालय सभाको निर्णयानुसार भत्ता र सञ्चयकोष हुने गरी अहिले आधारभूत तलब क्याम्पसको खातामा निकासा गरिसकिएको बताउनुभयो । कार्यकारी परिषद्ले समायोजन भएका शिक्षक कर्मचारीका लागि असहज नहुने गरी सभामा प्रस्ताव लैजाने आश्वासन आफूहरुले दिएको भए पनि प्राध्यापक र कर्मचारीले नमानेको विष्टले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले