पढ्न करिब 2 मिनेट लाग्छ

जेठ ९, काठमाडौँ | अनलाईन मार्फत विद्यार्थीहरुले शैक्षिक संस्थाहरुको भर्चुअल टुर गर्न मिल्ने शैक्षिक मेला नेपाल एडुफेयर डट कम सञ्चालन भएको छ । शिलापत्र डट कमको आयोजनामा कार्यान्वयमा ल्याईएको नेपाल एडुफेयर डट कमको बारेमा पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिइएको हो ।

आयोजक शिलापत्र डटकमको तर्फबाट इभेन्ट संयोजक सुरेश सिम्खडाका अनुसार नेपाल एडु फेयर डटकम लगईन गरेपछि कलेजहरुको कक्षा कोठा, लाईब्रेरी, ल्याव, क्याफ्टेरिया, खेलकुद मैदान लगायतको भर्चुअल टुर गर्न सकिने तथा सम्वन्धित कलेजको मेनेजमेन्ट, काउन्सिलर र प्रिन्सिपलहरुसँग लाईभ च्याट गर्न पाईने ब्यवस्था मिलाईएको छ ।

सुरुवाती चरणमा ६ वटा शैक्षिक संस्था सहभागि भएको फेयर जेठ १० गतेबाट १६ गतेसम्म विशेषरुपमा सञ्चालन गरिने छ । जेठ १० गतेदेखि १६ गतेसम्म बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म नेपाल एडु फेयर डट कम भिजिट गर्ने विद्यार्थी तथा अभिभाबकहरुले कलेजको मेनेजमेन्ट, काउन्सिलर र प्रिन्सिपलहरुसँग लाईभ च्याट गर्न पाउने ब्यवस्था मिलाइएको आयोजकको भनाईछ ।

जेठ १० गते देखि सञ्चालन हुने फेयरमा ग्लोवल कलेज ईन्टरनेसनल, युनिग्लोव कलेज, भ्याली भ्यू स्कुल, लिबर्टी कलेज लगायतका शैक्षिक संस्थाहरुको सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै फेयर प्रायोजक ग्लोवल कलेज अफ मेनेजमेन्टमा सिईओ डा.खगेन्द्र ओझाले ‘यस्तो फेयरले सवै क्षेत्रका विद्यार्थीहरुको पहुँच स्थापित गर्न सहयोग पुर्याउने’ वताउनु भयो । ओझाका अनुसार यस्तो फेयरले बदलिँदो समयको मागलाई सम्बोधन गर्न सक्ने तथा यो कलेजहरुका लागि अति आवश्यक रहेको र आगामी दिनमा धेरैभन्दा धेरै शैक्षिक संस्थाहरु सहभागि हुने विश्वास ब्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनका अर्का बक्ता युनिग्लोब कलेजका प्रिन्सिपल डा.करणसिंह ठगुन्नाले नेपाली विद्यार्थीहरुले युरोप अमेरिकाका कलेजहरुको भर्चुअल भिजिट आफ्नै घरबाट गर्न सकिरहेको अवस्थामा नेपालका शैक्षिक संस्थाहरु लक्षित नेपाल एडु फेयर डटकम सञ्चालन हुनु सुखद रहेको वताउनु भयो । ठगुन्नाले विगतमा आफ्नो कलेजको सम्पर्कमा आएका अधिकांस विद्यार्थीहरु मौखिक जानकारी र वेभ साइट भिजिट मार्फत आउने गरेका कारण युनीग्लोब कलेज नेपाल एडु फेयरमा सहभागि भएको बताउनु भयो ।

नेपाल एडुफेयर डटकममा कलेजहरु सम्वन्धि जानकारी सँगसँगै बिद्यार्थीहरुलाई करिअर काउन्सिलिङका विभिन्न सामाग्रीहरु समेत राखिएका छन् ।

नेपाल एडुफेयर डटकमको ब्यवस्थापन मिटिङ प्वईन्ट प्रा.लि.ले गरेको छ भने सहआयोजक नयाँ पत्रिका दैनिक रहेको छ ।