2026-09-14 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रित्तिए गाउँ, सुनसान विद्यालय, जन्ती र मलामीको अभाव

तारानाथ आचार्य | जेठ १०, बागलुङ (रासस) | केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा १२ सम्म पठनपाठन हुने समयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको हो ।

विद्यार्थी घट्ने समस्या काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको कर्लिम आधारभूत विद्यालयमा पनि छ । कर्लिम आधारभूत विद्यालयमा पाँच वर्षअघिसम्म झण्डै २५० विद्यार्थी थिए । यहाँ अहिले १०० विद्यार्थी पु¥याउन कठिन छ । उल्लेखित विद्यालय जिल्ला सदरमुकाममा रहेका विद्यालयबाहेक गाउँका सबै विद्यालयमा रहेको समस्याका प्रतिनिधि मात्रै हुन् । बसाइँसराइका कारण बागलुङका गाउँ रित्तिँदै गएकाले विद्यालयमा विद्यार्थी अभाव देखिन थालेको हो ।

यहाँका सामुदायिक विद्यालय मात्रै होइन, गाउँमा सञ्चालित निजी आवासीय विद्यालयमा समेत बसाइँसराइको प्रभाव देखिएको छ । जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरामा रहेको हिमालयन आवासीय माविका १० विद्यार्थीले यो वर्ष विद्यालय छाडे । कारण बसाइँसराइको नै हो ।

 “यहाँबाट बाहिर जाने विद्यार्थी बसाइँ सरेका कारणले गएका छन्”, हिमालय आवासीय माविका प्रिन्सिपल रवि पौडेलले भन्नुभयो, “उनीहरुसँगै गएका अभिभावकलाई गन्ने हो भने यहीँ आसपासबाट १० परिवार बसाइँ सरेका छन् ।” बसाइँसराइका कारण राज्यले ठूलो लगानी गरेका सामुदायिक विद्यालय विद्यार्थीको अभावले समस्यामा परेका छन् ।

“‘विद्यालयबाट अरु कुनै विद्यालयमा विद्यार्थी गएकाले सङ्ख्या घटेको होइन”, कर्लिम आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक लीलाधर कँडेलले भन्नुभयो, “बसाइँ सर्ने अभिभावकसँगै बालबालिका हिँडे, विद्यालय रित्तियो ।” केही वर्ष पहिलेसम्म विद्यार्थीको चापले नयाँ विद्यालय खोल्ने दरबन्दी कायम गर्ने गरेका गाउँमा अहिले विद्यालय गाभ्ने चर्चा चल्न थालेको छ ।

 बागलुङ नगरपालिकाले नयाँ शैक्षिकसत्र शुरु हुनुपूर्व गरेको विद्यालय स्थगन र घटुवाको निर्णय । विद्यार्थीको अभावका कारण बागलुङ नगरपालिकाभित्रका छ विद्यालय तत्कालका लागि स्थगन गरेर नजिकको विद्यालयमा गाभिएको छ भने आठ विद्यालयको स्तर घटाइएको छ । 

“बसाइँसराइ हाम्रो प्रमुख चुनौती बनेको छ”, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भन्नुभयो, “गाउँ खाली भएका छन्, विद्यालय सुनसान हुँदै गए ।” राज्यले सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षालगायतका सेवा क्षेत्रमा लगानी गरेर गाउँगाउँमा सुविधा पुर्याएको भए पनि बसाइँ सर्नेको सङ्ख्या नघटेको पौडेलले बताउनुभयो । बसाइँसराइ रोक्नु प्रमुख चुनौती भएको उहाँले सुनाउनुभयो ।

हिउँदको समयमा बागलुङबाट दैनिक दर्जनौँ परिवार बसाइँ सरेर तराईका जिल्लामा जाने गरेका छन् । “हिउँद लागेपछि एउटै गाउँका दश परिवारको बसाइँसराइको सामान बोकेर चितवन पुगेको छु”, स्थानीयवासी सवारी चालक शिव पौडेलले भन्नुभयो, “घरघरमा पुगेका सडकले त बसाइँ सर्नेलाई सामान बोक्न सहज पो बनायो ।” बागलुङबाट बसाइँ सर्ने काठमाडौँ, पोखरालगायतका ठूला शहर र चितवन, नवलपरासी, रुपन्देही, बारालगायतका जिल्लामा जाने गरेका छन् ।

बसाइँ सर्नेको तथ्याङ्क छैन

बसाइँसराइका कारण जिल्ला छोडर हिँड्नेको आधिकारिक तथ्याङ्क भने छैन । गाउँमा रहेको जग्गाजमीन यत्तिकै छाडेर बसाइँ सर्नेको सङ्ख्या निकै उच्च छ । जग्गा जमीन बिक्री गरेर जानेको तथ्याङ्क वडा कार्यालय तथा पालिकामा रहने भए पनि बिक्री नै नगरी बसाइँ सर्नेहरुको तथ्याङ्क राख्न कठिन हुने गरेको बागलुङ नगरपालिका–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । “हाम्रो सानो वडामा यसै वर्ष मात्रै १५ घर खाली भए”, गौतमले भन्नुभयो, “तर हामीसँग तथ्याङ्क छैन् ।”

पछिल्लो समय वैदेशिक रोजगारीले बसाइँसराइको क्रम बढाएको जानकारहरु बताउँछन् । “विदेशमा कमाएको रकमले घडेरी किन्ने, घर बनाउने र बसाइँ सर्ने गरेको पाइन्छ”, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भन्नुभयो, “सुगम र सहजता खोज्नेको सङ्ख्या बढ्दै गएको छ ।” बसाइँसराइको मुख्य कारण रोजगारीको अवसर अभाव भएको सापकोटाले औँल्याउनुभयो । उहाँले प्रशस्त रोजगारीको अवसर सिर्जना गरेर गाउँमै बस्ने वातावरण बनाउनु अहिलेको चुनौती भएको बताउनुभयो ।

जन्ती र मलामीको अभाव

बसाइँसराइकै कारण केही वर्ष पहिलासम्म खचाखच रहेका गाउँ रित्तिएका छन् । ठूलो दूरीमा रहेका केही घरमा बस्नेहरुलाई जिउँदाको जन्ती र मर्दाको मलामी पाउनसमेत कठिन हुने गरेको छ । “बागलुङका गाउँबाट बसाइँ सर्नेको ठूलै लर्को दखियो, अलिअलि भएका युवापुस्ता विदेशमा, गाउँमा केटाकेटी र बूढाबूढीमात्रै”, जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले भन्नुभयो, “शहर र सुगम खोज्नेका कारण गाउँ रित्तिएका रहेछन् ।” 

कुनै बेला गाउँमा सानो कार्यक्रमको आयोजना हुँदासमेत कयौँ युवाको लर्को लाग्ने ठाउँमा अहिले जन्ती र मलामीकै अभाव रहेको बागलुङ नगरपालिका–११ रायडाँडाका रामबहादुर केसीले बताउनुभयो । “गाउँमा केही बस्न मान्दैनन्”, केसीले भन्नुभयो, “कोही मधेश पसे, कोही ठूला शहरमा ।” बसाइँसराइले गाउँ रित्ताएको र विद्यालयजस्तो शिक्षाको मन्दिर सुनसान बनाएको उहाँले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ