2026-10-15 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली र प्रदेश २ का लागि विशेष प्याकेज खोइ ?

जेठ १५, काठमाडौँ | सङ्घीय समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले अघिल्ला वर्षका तुलनामा यस पटकको बजेट सन्तुलित भए पनि कर्णाली र प्रदेश २ का लागि विशेष प्याकेज ल्याउने सन्दर्भमा चुकेको टिप्पणी गर्नुभएको छ । नेपाल सरकारले २०७६/०७७ वर्षका लागि सङ्घीय संसद्मा आज प्रस्तुत गरेको बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मुलुकलाई कृषिमा आत्मनिर्भर तुल्याउन सिँचाइ र  कृषिका लागि रकम छुट्याइएको पाइएन ।”

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले गरीबको हितका लागि नभई धनी वर्गको पृष्ठपोषण गर्ने ढङ्गबाट ल्याइएको हुँदा यो मजदुर र कामदारको पक्षमा नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “खाल्टोबाट झिकेर अल्कोमा थप्ने नीतिबाट ल्याइएको बजेटबाट केही मुठ्ठिभर व्यक्तिलाई मात्र फाइदा पुग्नेछ ।”

‘बजेटले पार्टीको घोषणापत्र समेटेको छ’

नेकपाका नेता योगेश भट्टराईले दू्रततर विकास र सामाजिक न्यायका सवाललाई सम्बोधन गर्ने ढङ्गबाट ल्याइएको बजेटले पार्टीको घोषणापत्रलाई समेटेको हुँदा अब मुलुक विकास र समृद्धिका हिसाबले सही दिशातर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजेटले सामाजिक न्यायलाई समाविष्ट गरेको छ, बालक, वृद्धा, अपाङ, ज्येष्ठ नागरिक, पिछडिएका क्षेत्रलाई बजेटले समेटेको छ, विकासका आयोजनाको लागत र गुणस्तरलाई सुनिश्चित गरेको छ ।”

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रप्रसाद यादवले मुलुकमा उद्योग धन्दाको विकासका लागि उत्पादन क्षेत्रमा सहुलीयत दिनुपर्नेमा बजेट त्यो पाटोमा असफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीले आफूलाई पपुलर गर्ने आधारले ल्याएको बजेट कार्यान्वयन हुनै सक्दैन, अर्काेबाट ऋण लिएर देश चल्न सक्दैन भन्ने कुरा मनन गर्न आवश्यकछ ।”

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले द्रूतमार्ग, पोखरा र भैरहवा विमानस्थल, मेलम्ची खानेपानीजस्ता ठूला पूर्वाधार विकासका आयोजना तोकिएकै समयभित्र पूरा गर्ने ढङ्गबाट ल्याइएको बजेटले वितीय अनुशासन कायम गरेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “धेरै शीर्षकमा बजेट विनियोजन गरेको भनी आलोचना हुन सक्ने भए पनि ठूला आयोजना सम्पन्न गर्न र ८.५ को आर्थिक वृद्धि हासिल गर्न सफल हुनेछ ।” नेपाल ग्रील उद्योग महासङ्घका अध्यक्ष मोहन कटुवालले  समग्रमा यो वर्षको बजेट सन्तुलित र उद्योगमैत्री रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित