२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी नेतृत्वको आइएस लक्षित हवाई आक्रमणमा एक हजार ३०० नागरिकको मृत्यु

२०७६, १७ जेष्ठ शुक्रबार १६:११

जेठ १७, बेरुत,रासस/एएफपी । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुलाई लक्षित गरेको हवाई आक्रमणका क्रममा अहिलेसम्म एक हजार ३०० आमनागरिक मारिएका छन् ।    

गठबन्धनले शुक्रबार दिएको जानकारी अनुसार गत सन् २०१४ देखि अहिलेसम्म इराक र सिरियामा आइएस लडाकूविरुद्ध भएको लडाईका क्रममा उनीहरु मारिएका हुन् ।

“सन् २०१४ को अगस्टदेखि सन् २०१९ को अप्रिलसम्म गठबन्धनले ३४ हजार ५०२ ओटा आक्रमण गरेको छ,” गठबन्धनद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

त्यस अवधिमा भूलबस एक हजार ३०२ जना आम नागरिक गठबन्धनको तर्फबाट मारिएको गठबन्धनले स्पष्ट पारेको छ ।

तर एउटा गैरसरकारी संस्थाले भने आफ्नो अनुगमनले अमेरिकी गठबन्धन सेनाद्वारा मारिनेको सङ्ख्या त्यो भन्दा धेरै भएको दावी गरेको छ । 

गठबन्धनको हवाई आक्रमणमा परी संसार भरी गरेर ७ हजार ९०० भन्दा बढी आम नागरिक मारिएको सो संस्थाले जनाएको छ ।

बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले आफ्नो अनुगमनबाट सिरियामा मात्रै तीन हजार ८०० आम नागरिक गठबन्धनको आक्रमणमा परी मृत्यु भएको दावी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा