2026-07-25 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बनेपामा आन्तरिक विमानस्थल बन्छः मन्त्री बाँस्कोटा

जेठ १९, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र  काम लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।  बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने बताउनभुयो । 

मन्त्री बाँस्काटाले भन्नुभयो, “हरेक दिन नयाँ सोच र नयाँ कामको पहिचान आजको आवश्यकता हो, हामीले पाँच वर्षभित्र देशको मुहार फेर्नुछ, त्यसैले जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेक  दायाँबायाँ लाग्न मिल्दैन ।” मन्त्री बाँस्कोटाले गत साल विकासको जग बसालियो, यो साल पिल्लर उठ्नेछ र अर्को साल सुन्दर घर बन्नेछ भन्नुभयो । “विकासको काम आजको आजै देखिन्न, धैर्य गर्नुपर्छ”,  उहाँले भन्नुभयो “आउँदा केही वर्षमै दुई अङ्कको आर्थिक वृद्धिदर पुग्नेछ ।” 

मन्त्री बाँस्कोटाले विकासको काम कुनै दलविशेष मात्र नहुने बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले नेपालमा दुईखाले शिक्षाको आवश्यकता नरहेको बताउँदै सार्वजनिक शिक्षा सुधार भइसकेपछि एकै प्रकारको शिक्षा हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दीर्घकालीन महत्वको सार्वजनिक शिक्षा सुधार भएको दिन, निजी शिक्षा आफैँ निष्क्रिय हुनेछ ।” 

उहाँले पत्रकारको काम समाचार सङ्कलन÷संप्रेषण भएकाले भ्रष्टाचारविरुद्ध डटेर लाग्न र सरकारले कानूनविपरीत नकारात्मक काम गरेमा  आलोचना गर्न आग्रह गर्नुभयो । 

मन्त्री बाँस्कोटाले बनेपा नगरपालिकालाई प्रत्येक वडामा वृद्धवृद्धा मिलन केन्द्र स्थापना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा मौलिक संस्कार–संस्कृति लोप हुँदै गए, अब वृद्धवृद्धाबाट सिक्न मिलन केन्द्र स्थापना जरुरी छ ।” उहाँले बनेपामै सेक्यूरिटी प्रिन्टिङ पे्रस निर्माणार्थ बजेट विनियोजन भइसकेको जानकारी दिँदै बनेपामै आन्तरिक विमानस्थल बनाइछाड्ने दृढता पनि व्यक्त गर्नुभयो । “म पहिलाजस्तो कसैले रोकेर रोकिन्न, बनेपामा आन्तरिक विमानस्थल बन्छ बन्छ, तपाईँहरु ढुक्क हुनुहोस्”, उहाँले आश्वासन दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक