२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको हात्तीबाङ अन्धकारमा

२०७६, २२ जेष्ठ बुधबार ०९:११

कृष्ण आचार्य,  जेठ २२, भरतपुर । नेपालको सुगम जिल्लाका रुपमा परिचित छ, चितवन । तर सुगम जिल्लाका बासिन्दा अझै पनि उज्योलामा बस्न पाएका छैनन् । 

धादिङको जोगिमारा हुँदै पुगिने चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा बिजुलीको पोल गाडेर तार टाँगिएको पाँच वर्ष बितिसक्दा पनि स्थानीयवासीले अहिलेसम्म बत्तीको उज्यालो देख्न पाएका छैनन् । हात्तीबाङ काउलेमा बिजुली बाल्नका लागि पोल गाडिएको छ । पोलमा तारसमेत टाँगिएको छ । तर बत्ती बलेको छैन । 

बत्ती बाल्न ल्याइएको ट्रान्समिटर त्यसै थन्काइएको छ । कतिपय पोल ढलेका छन् भने तार चुँडिएको अवस्थामा छ । यही पोल र तार हेरेर बिजुलीको आशमा वर्षौंदेखि बसिरहेका छन्, हात्तीबाङका बासिन्दा । स्थानीयवासी मानबहादुर मगर भन्नुहुन्छ, “बिजुली आउँछ आउँछ मात्रै भन्छन्, अहिलेसम्म बत्तीको उज्यालो देख्न पाएका छैनौँ ।” उहाँले अगाडि थप्नुभयो, “झिनो आश बाँकी छ, अब हेरौँ के गर्छन् ।” सानो पसल राखेर व्यापार गर्दै आइरहेका मानबहादुरको घर अगाडि बाटोको छेउमै ट्रान्समिटर फालिएको छ । सो बाटो भएर हिँड्ने जोकोहीले सोही ट्रान्समिटर हेर्दै बिजुलीको आश गरिरहेका छन् । 

विसं २०७० मा विद्युत् विस्तार समिति बनेर यहाँ बिजुली बाल्नका लागि कामको शुरुआत भयो । त्यसलगत्तै प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सांसद विकास कोषबाट प्रदान गरेको १५ लाख रुपैयाँमा पोल गाडिएको थियो । त्यसको एक वर्षपछि सांसद विकास कोषमार्फत नै थप २० लाख रुपैयाँ बजेटले विद्युत् प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रबाट तार समेत जोडियो । तार र पोल राख्ने सबै काम टाँडीले नै ग¥यो तर बिजुली बाल्ने काम भने गरेन । भौगोलिक हिसाबले धादिङसँग जोडिएको यस क्षेत्रमा रत्ननगरले प्राविधिक कारण देखाउँदै विद्युत् जोड्न इच्छा देखाएन । धादिङ कार्यालयबाट बत्ती जोड्न माग गर्दा उसले पनि विभिन्न कारण देखाउँदै अल्झाएपछि बत्ती बाल्न समस्या भएको हो । 

इच्छाकामना गाउँपालिका–१ का वडाध्यक्ष नन्दलाल गिरीले धेरै प्रयास गर्दा पनि विभिन्न कारणले बत्ती बाल्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “हामी अझै पनि बत्ती बाल्न प्रयास गरिरहेका छौँ, धादिङ र टाँडीको खिचातानीले समस्या भयो ।” विसं २०७० मा विद्युत् विस्तार समिति बन्दा गिरी नै यसको अगुवा हुनुहुन्थ्यो । त्यसले पनि उहाँलाई बढी पिरोलेको छ । अध्यक्ष गिरीले भन्नुभयो, “विद्युत् बाल्नुपर्छ भनेर मै लागेको हुँ, तर भौगोलिक समस्याले धादिङ र टाँडीको चेपुवामा परेका छौँ ।” उहाँले यो समस्या समाधान गर्न मन्त्रालयसम्म पुग्दा पनि समाधान गर्न नसकिएको बताउनुभयो । यस गाउँमा अहिले बाटोघाटो निर्माणले तीव्रता पाइरहको छ । 

बत्तीको समस्या अझै समाधान नहुँदा स्थानीयवासीले विकासको महसुस गर्न सकेका छैनन् । बत्ती नहुँदा उनीहरु सौर्य बत्ती र टुकीको भरमा बसिरहेका छन् । बत्ती नहुँदा बालबच्चालाई पढाउनदेखि विभिन्न समस्याहरु भोग्नुपरेको गुनासो स्थानीयवासीको छ । 

स्थानीयवासी भीमबहादुर चेपाङले बत्ती नहुँदा बच्चाहरुलाई पढाउन समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बल्ल बल्ल छोराछोरी पढ्न जान थालेका छन्, बत्ती नहुँदा बेलुका घरमा पढाउनै समस्या छ ।” उहाँलाई अझै पनि बत्ती आउनेमा आशङ्का नै छ । चेपाङले भन्नुभयो, “बत्तीको कुरा चुनावमा मात्रै आउँछ, अरू बेला कसैलाई मतलब छैन ।”  

धादिङको रोराङ गाउँपालिका–१० कालपान भन्ने ठाउँबाट हात्तीबाङमा बिजुली बाल्न सकिने अवस्था छ । तर ठोस पहल अझै हुन सकेको छैन् । हात्तीबाङ र मेर्ताङका तीन सय घरधुरी उज्यालोमा बस्न पाउने आशमा वर्षांैदेखि बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा